गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा ९१ जना कर्मचारी

काठमाडौं। गोरखापत्र संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले माघ १६ एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट आ.व. ०६२/७३ को स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम प्राप्त सहमति अनुसार संस्थानमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
Advertisement 1
संस्थानले नायव कार्यकारी सम्पादक, समाचारदाता, फोटोग्राफी, प्रशासन अधिकृत, सामान्य प्रशासन अधिकृत लगायतका ६४ पदहरूमा ९१ जनाको दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
सूचना:
Advertisement 2

प्रकाशित :२०८२ माघ १६, शुक्रबार १४:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















