लेखाका १५७ कर्मचारी काजमा,सबैभन्दा बढी अधिकृत

लेखा समूहका १५७ कर्मचारीहरु काजमा कार्यरत रहेको विवरण भेटिएको छ । महालेखा नियन्त्रकको कार्यालयले उपलव्ध गराएको विवरण अनुसार लेखा समूहका १५७ कर्मचारीहरु काजमा कार्यरत छन् ।
जसमध्ये केही कर्मचारी त लामो समयसम्म काजमै छन्। कतिपय कर्मचारीहरु बर्षाैदेखि काजमा कार्यरत रहेको भेटिएको छ ।

Advertisement 1

जसमध्ये उपसचिव तहका ४१,लेखा अधिकृत ७१,लेखापाल ४० र सहलेखापालको संख्या ५ जना रहेको विवरण महालेखाले उपलव्ध गराएको छ ।

निजामति सेवा ऐन ०४९ को दफा १८ (क) मा निजामति कर्मचारीलाई निज कार्यरत रहेको मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयबाट सोही निकायको काममा मात्र अन्य स्थानमा काज खटाउन सकिने र यसरी काज खटाउँदा एक वर्षमा तीन महिनाभन्दा बढी अवधिको काज खटाउन नपाइने व्यवस्था छ ।

Advertisement 2

निजामति सेवा ऐन ०४९ को दफा १८ मा भएको व्यवस्थाविपरित कुनै पनि कर्मचारीलाई काजमा खटाइएमा त्यसरी काजमा खटिएको निजामति कर्मचारीले सो अवधिमा खाइपाई आएको तलब, भत्ता र अन्य सुविधा वापतको रकम काज खटाउने पदाधिकारीबाट सरकारी बाँकी सरह असुल उपर गरी बिभागीय कारबाही गरिने उल्लेख छ ।
हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले काजमा खटिएका कर्मचारीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थिए । सोही अनुसार काजमा कार्यरुत कर्मचारीहरुको विवरण विभिन्न मन्त्रालयसँग माग गरेको भए पनि अधिकांश मन्त्रालयले काजमा खटाएको कर्मचारीको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उपलव्ध नगराएको सामान्य प्रशासनले जनाएको छ ।

महालेखासँग काज र कामकाजमा खटिएका आफ्ना कर्मचारीको तथ्यांक भेटिए पनि सामान्य प्रशासन मन्त्रालयसँग भने कति कर्मचारीहरु काजमा खटिएका छन्,त्यसको विवरण समेत छैन ।

Advertisement 3

विगतका मन्त्रीहरु दबाव र प्रभावमा परेर काज सरुवा गरे पनि सामान्य प्रशासन मन्त्रालयहरुमै त्यसको रेकर्ड अद्यावधिक छैन । कतिपय पावरफुल कर्मचारीहरुको काज माथि काज सरुवा भएको भेटिन्छ ।

अझैं कर्मचारी समायोजनपछि निजामती ऐनले समेत नचिन्ने कामकाज भन्दै कर्मचारी सरुवा गर्न थालिएको र त्यसले झनै विकृतीलाई मलजल गरेको एक उपमहालेखा नियन्त्रकले इकर्मचारी डटकमसँग गुनासो पोखे ।

प्रकाशित :२०८० श्रावण २२, सोमबार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry