हरेक नेपालीको टाउकोमा ६८ हजार ९ सय ७ रुपैंया ऋृण

 

Advertisement 1

नेपालीको टाउकोमा जन्मनेवित्तिकै ६८ हजार ९ सय ७ रुपैयाँ पुग्यो सय रुपैंया ऋृणको भार पर्ने भएको छ ।यस अघि यस्तो ऋृणको भार प्रति व्यक्ति ६३ हजार ३ सय रहेकोमा उक्त ऋृणको भार बढेर ६८ हजार ९ सय ७ रुपैंया पुगेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार नेपाली प्रत्ति व्यक्ति ऋृणको भार ६८ हजार ९ सय ७ रुपैंया पुगेको हो ।
उक्त प्रतिवेदन अनुसार,सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक बर्षभन्दा झण्डै २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो ।
नेपालले तिर्न बाँकी ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो । यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो ।सरकारले गत आर्थिक वर्ष २०७८/ ७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्झौता गरेको थियो । जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।
। सो ऋृणलाई नेपालको कूल जनसंख्याले भाग गर्दा प्रत्येक नेपालीको भागमा हरेक नेपालीको टाउकोमा ६८ हजार ९ सय ७ रुपैंया ऋृण  तिर्नु पर्ने भएको हो।

प्रकाशित :२०७९ भाद्र १३, सोमबार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry