रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त

रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त भएका छन् । विभागको महानिर्देशक प्रमिला बज्राचार्य सचिव पदमा बढुवा भएसँगै विभाग महानिर्देशकविहिन बनेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । भट्टराई यस अघि मन्त्रालयकै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना महाशाखाका प्रमुखका रुपमा कार्यरत थिए ।
Advertisement 1
सह सचिवमा बढुवा भएपछि पछिल्ला दुई बर्ष उनले सडक विभागको पुल महाशाखाको प्रमुख भएर काम गरेका थिए । ६ महिना अघि मात्रै मन्त्रालयको योजनामा महाशाखामा गएका थिए । सडक विभागको सहायक इन्जिनियरका रुपमा २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका भट्टराई ०६४ सालमा उपसचिव र ०७४ सालमा सहसचिवमा बढुवा भए ।
प्रकाशित :२०७८ असार २१, सोमबार ०६:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%