निमित्तकै भरमा २०४ स्थानीय तह, प्रमुख प्रशासकीय अधिकृत तत्कालै खटाउन सचिव अधिकारीको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका झण्डै एक तिहाई स्थानीय तह निमित्तको भरमा मात्र चलिरहेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये २ सय ४ वटा स्थानीय तह अहिले निमित्तकै भरमा चलिरहेको हो ।
जसअनुसार सबैभन्दा बढी गाउँपालिका निमित्तका भरमा छन् ।
देशभर रहेका ४६० गाउँपालिका,२७६ नगरपालिका,११ उपमहानगरपालिका र ६ वटा नगरपालिका गरी ७५३ वटा स्थानीय तह रहेका छन् । जसमध्ये उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने २६७ पालिकामध्ये ७० वटा पालिकामा प्रमुख प्रशाकीय अधिकृत छैनन । यस्तै देशभरका ४६० गाउँपालिकामध्ये १२० वटा पालिका निमित्तले चलाइरहेका छन् ।
सहसचिवको दरबन्दी रहेका ४ वटा उपमहानगरपालिका अहिले पनि निमित्तकै भरमा चलिरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बस्नत अधिकारीले जानकारी दिनुभयो ।

Advertisement 1


यसैबीच बिहिबारमात्र मन्त्रालयका सचिवका रुपमा पदबहाल हुनुभएका सचिव सुरेश कुमार अधिकारीले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र खटाउने बताउनुभएको छ ।

सचिव अधिकारीले प्रमुख प्रशसकीय अधिकृत रिक्त भएको ठाउँमा तत्कालै दरबन्दी अनुसार कर्मचारी पठाउन प्रशासन महाशाखालाई निर्देशन दिनुभएको हो ।

प्रकाशित :२०७८ मंसिर १७, शुक्रबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry