५० प्रतिशतभन्दा बढी कर्मचारी कम्युटर,इमेल चलाउनै जान्दैनन: यस्तो छ रसुवाका ५ पालिकाको अवस्था
एउटा सरकारी प्रतिवेदनले भन्छ, झण्डै आधा कर्मचारी कम्युटर चलाउन र इमेल गर्न समेत जान्दैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिनौं लगाएर तयार पारेको र अस्ति सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनले अधिकाशं कर्मचारीमा सूचना प्रविधिसम्बन्धी ज्ञानको अभाव रहेको तथ्य उजागर गरेको हो ।
Advertisement 1
प्रत्येक कर्मचारीले आफै कम्प्युटर चलाउन जान्नु पर्ने नीति अख्तियार गरेको भए पनि रसुवाका ५ वटा स्थानीय तहका ३४ प्रतिशतभन्दा कम कर्मचारी युनिकोड टाइप गरी दैनिक कार्य सम्पादन गर्न सक्छन् ।
Advertisement 2
अर्थात ती स्थानीय तहका ६६ प्रतिशत कर्मचारी युनिकोड टाइप गर्न समेत नजान्ने कर्मचारी रहेको प्रतिवेदनले जनाएको छ । जसमध्य रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिका राम्रो देखिन्छ भने बाकीँ गोसाइकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमजोर देखिन्छ ।
Advertisement 3
कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिका ५३ प्रतिशत रहेको छ भने गोसाइकुण्ड ४३, उत्तरगया ३५ र नौकुण्ड ३४ रहेको छ । ५० प्रतिशतभन्दा बढी कर्मचारी युनिकोड टाइप गरी कार्यसम्पादन गर्न सक्ने विवरण समावेश गरिएको छ । यस्तै अधिकांश कर्मचारी इमेल समेत प्रयोग गर्न जान्दैनन् ।