अति विपन्न १४ परिवारलाई सियारी गाउँपालिकाले बनाइदियो घर
ऋषि भट्टराई
Advertisement 1
आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि स्थानीय सरकारले घर बनाएर दिन थालेपछि सियारी गाउँपालिकाका सर्वसाधरणमा खुसीको सीमा छैन ।
विपन्न परिवारको साहरा बनेको छ रुपन्देहीको सियारी गाउँपालिका । पालिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवास एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान गरि निर्माण गरिएको आवास सम्बन्धीत परिवारलाई हस्तान्तरण गरिएको हो ।
Advertisement 2
गाँउपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक बडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।
सोही अनुसार निर्माण भएका १४ परिवारलाई आवास हस्तान्तरण गरेको हो ।
पालिकाका अनुसार,एउटा घर निर्माणका लागि ५ लाख रुपैया र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैया सहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाको लागत सहभागितामा घर निर्माण गरिएको हो । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासलाई सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धित वडाका वडा अध्यक्षले विपन्न १४ घरधनीलाई हस्तान्तरण गरेका हुन् ।
Advertisement 3
यसरी निर्माण गरिएको आवासमा दुई वटा कोठा, एउटा भान्सा, बरण्डाका अलवा शौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुहिने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि खुसी भएको प्रतिक्रिया दिएका छन् ।
सियारीले नयाँ जनप्रतिनिधि आएपछि शुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक बर्षमा पनि निरन्तरता दिने गरी बजेटको बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन । उनका अनुसार, गास, बास र कपासको अभाव भएका अति विपन्न परिवारलाई आवास तयार गरी हस्तान्तरण गरिएको बताउँदै संरक्षणमा ध्यान दिन आग्रह गरिन ।