रसुवामा ७२ दशमलव ७६ प्रतिशत मतदान
रसुवा जिल्लामा ७२ दशमलव ७६ प्रतिशत मत खसेको छ । पाँच वटा गाउँपालिका रहेको रसुवामा कूल ३९ हजार चार सय ५९ मतदातामध्ये २८ हजार ७१२ मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाएका छन् ।
उनका अनुसार,सबैभन्दा बढी कालिका र सबैभन्दा कम मत नौकुण्डबाट खसेको हो । कालिका गाउँपालिकामा ७६ प्रतिशत मत खसेको छ भने उत्तरगया गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ ।
Advertisement 1
यस्तै आमाछोदिग्मोमा ७२ प्रतिशत मत खस्दा नौकुण्डमा ७० प्रतिशत मत खसेको छ । गोसाइकुण्डमा सबैभन्दा कम ६९ प्रतिशत मत खसेको हो । रसुवामा २८ हजार ७१२ मत खसेको जनाइएको छ ।
Advertisement 2
रसुवामा ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् ।
प्रकाशित :२०७९ मंसिर ४, आईतवार १८:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%