यी हुन सह सचिवमा बढुवा सिफारिस भएका कर्मचारीहरु

लोकसेवा आयोगले चार जना कर्मचारीलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । लोकसेवा आयोगले लिएको आन्तरिक परीक्षाको सबै चरण पार गर्दै काठमाडौंका गोकर्णराज पन्थले सहसचिव पदमा नाम निकाल्न सफल भएका हुन । नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूहतर्फबाट खोलिएको आप्र विज्ञापनमा सहभागी ७ जना मध्ये अन्य प्रतिष्प्रर्धीलाई पछि पार्दै बढुवा भएका पन्थलाई सह सचिव नियुक्तिका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको जनाएको छ ।

Advertisement 1

loksewa

यस्तै गत कार्तिक तीस गतेमात्र अन्य तीन जना सहसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

No description available.

Advertisement 2

आयोगले लिएको आन्तरिक परीक्षाको सबै चरण पार गर्दै दुई कर्मचारी सहसचिव पदमा नाम निकाल्न सफल भएका हुन । नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूहतर्फबाट खोलिएको आप्र विज्ञापनमा सहभागी ५ मध्ये अन्य तीनलाई पछि पार्दै बैतडीका दिनेश भट्ट र तनहुँका सन्तोष कैनीलाई बढुवाका नियुक्तिका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको जनाएको छ ।No description available.

 

Advertisement 3

यस्तै सोही सेवा समूहबाट खुलातर्फको परीक्षामा कास्कीका नविनचन्द्र अधिकारीले नाम निकाल्न सफल भएका छन् । आयोगका अनुसार लिखित परीक्षाको अन्तरवार्तामा सात जनाले परीक्षामा भाग लिएकामध्ये उनीहरुबीचको प्रतिष्प्रर्धाबाट अधिकारीले नाम निकाल्न सफल भएका हुन । अधिकारीको बढुवा नियुक्तिका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको जनाएको छ ।

प्रकाशित :२०७८ मंसिर ३, शुक्रबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry