राजदुत बन्न परराष्ट्रका एक दर्जन सहसचिवबीच रस्साकस्सी

अझैं २० वटा राजदुत खाली छ । त्यहाँ को कस्लाई पठाइएला भन्ने चासो छ चर्चा व्यापक छ । यस अघि १२ वटा मुलुकबाट राजदुत फिर्ता बोलाइएसँगै २३ वटा मुलुक राजदुतबिहिन बनेको थियो । जसमध्ये भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस भएका छन् । पूर्ववर्ति ओली सरकारका पालामा भारतका लागि निलाम्बर आचार्य,बेलायतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि युवराज खतिवडालाई राजदुत बनाएर पठाइएको थियो । उनीहरुलाई फिर्ता बोलाएर डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त भएका छन् ।
अहिले परराष्ट्र सेवाबाट ब्रसेल्स, न्यूयोर्क, जेनेभा, पेरिस, बैकक,अबुधावी, ओटवा, बर्लिन, कुवेत सिटीमा राजदूत छन् । रिक्त रहेको स्थानमा समेत कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी राजनीतिक नियुत्तिबाट राजदुत नियुक्त गरिँदै आएको छ । तीन देशमा राजदुत नियुक्त भइसकेको छ । बाँकी रहेको २० स्थानमध्ये सात स्थानमा परराष्ट्रका कर्मचारीहरुले दावा गरेका छन् । यदी सोही अनुसार राजदुत नियुक्ति प्रक्रिया अगाडि बढाइएमापरराष्ट्र मन्त्रालयबाट बढीमा सात र कम्तिमा ६ जना राजदूत बन्नेछन् ।
प्रवल दावेदारहरुका रुपमा कृष्णचन्द्र अर्याल, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे,डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, सुशीलकुमार लम्साल, धनबहादुर ओली, प्रकाश सुवेदी र सुधीर कुमार भट्टराईलगायत छन्।

प्रकाशित :२०७८ कार्तिक २८, आईतवार ०६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry