अन्तरपालिका सरुवाको मापदण्ड बनाउँदै मन्त्रालय,मंसिरभित्रै कार्यन्वयनमा ल्याइने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अब कर्मचारीहरुमा आकर्षण बढ्ने गरी अन्तरपालिका वा अन्तरप्रदेश सरुवाको तयारी गर्दैछ । यस्का लागि मन्त्रालयले अहिले मापदण्ड बनाइरहेको छ । मन्त्रालयको अनुसार मापदण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त मापदण्ड मङ्सिरभित्र कार्यान्वयनमा ल्याइने मन्त्रालयको प्रवक्ता बसन्त अधिकारीले सुनाए ।
Advertisement 1
यो मापदण्ड कार्यन्वयनमा आएसँगै कर्मचारीहरुमा प्रदेश र स्थानीय तहमा आकर्षण बढ्ने छ । मापदण्डमा कर्मचारीहरुमा अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने छन् । र यी तहमा सरुवा हुन आकर्षण बढ्ने गरी मापदण्ड निर्माण हुँदैछ ।
प्रवक्ता अधिकारीका अनुसार अब स्थानीय र प्रदेशमा कर्मचारीलाई आकर्षण बढ्ने गरी मन्त्रालयले अन्तरपालिका र अन्तरप्रदेश सरुवा गर्न सक्ने गरी नयाँ मापदण्ड बनिरहेको छ । उनले मापदण्ड कार्यान्वयनमा आएपछि स्थानीय र प्रदेश तहमा कर्मचारीको आकर्षण बढ्ने र कर्मचारी अभाव रोकिने सुनाए ।
कर्मचारी समायोजन गरिँदा सङ्घका कर्मचारी स्थानीय र प्रदेश तहमा जाँदा एक तह वृद्धि, ग्रेड थप हुने र अवकाश हुँदा पेन्सन वृद्धिको सुविधा दिइएको थियो । तर अधिकांश अवकाशका नजिक पुगेका कर्मचारीहरु स्थानीय तह तथा प्रदेशमा खटिएका थिए । यसरी तल खटिँदा उनीहरुको सेवा सुविधा बृद्धि भयो तर कर्मचारी पेन्सन बढाउन मात्र प्रदेश तथा स्थानीय तह रोज्दा अहिले स्थानीय र प्रदेशका तहहरु रिक्त छन् । यसरी पेन्सन बढाउन मात्र प्रदेश र स्थानीय तह रोज्ने विकृती हटाउन कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई मात्र समायोजन संशोधनको अवसर दिन लागिएको हो ।