भोलिदेखि मूल गणना

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement 1

मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो । नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry