चालू संसद अधिवेशनबाटै संघीय निजामती सेवा ऐन नल्याए आन्दोलन गर्ने कर्मचारी संगठनहरुको चेतावनी

निजामती सेवा ऐनको लागि राष्ट्रियस्तरका ट्रेड युनियनहरुको संयुक्त रुपमा ऐन यथाशक्य चाँडो जारी गर्न सरकारसँग माग राखेका छन् ।

निजामती कर्मचारी संगठनहरुले एकै स्वरमा संघीय संसदको चालू अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका हुन । उनीहरुले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ५ संघसंगठनले संसदको चालू अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्न माग राखेका हुन । आफ्नो मागको सुनुवाई नभए उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरे र नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै ऐनको माग गरेका छन् । उनीहरुले समयमा संघीय निजामती सेवा ऐन नहुँदा कर्मचारीको वृत्तिविकास र मनोबलमा असर परेको जनाएका छन् ।

Advertisement 1

‘सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको मनोभावना अनुरूप संघीय संसदको चालू अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएको खण्डमा संघर्षका कार्यक्रमहरू अगाडि बढाउन संयुक्त ट्रेड युनियन सञ्जालको बैठकबाट आन्दोलनको तयारीका लागि संयुक्त संघर्ष समितिहरू गठन गरिएको समेत उनीहरुले जनाएका छन् । संगठनद्धारा जारी विज्ञप्तिमा समयमा ऐन जारी नभए कर्मचारी संगठनहरु आन्दोलनमा उत्रने र उक्त आन्दोलनबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार हुने समेत उल्लेख गरिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ असार ८, बुधबार २०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry