यी हुन उपसचिवमा बढूवाका लागि सिफारिस भएका १८ अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा समूहका १८ जना अधिकृतलाई उपसचिवमा बढुवा भएका छन् । बढुवा सिफारिस समितिको गत २८ गते बसेको बैठकले प्रशासन सेवा अन्तरगत लेखा,राजश्व र लेखापरीक्षण समूहका १८ जना अधिकृतलाई उपसचिवमा बढूवा सिफारिस गरेको हो । ती कर्मचारीहरु कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका आधारमा बढूवाका लागि सिफारिस भएका हुन् । जसअनुसार,लेखा समूह अन्तर्गत ८ जना, राजश्व समूह अन्तर्गत ७ जना र लेखापरीक्षण समूहतर्फ ३ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।लेखा समूहअन्तर्गत ध्रुवराज गौतम, अर्जुन बराल, विष्णु प्रसाद पोख्रेल, पुष्पराज पौडेल, परशुराम क्षेत्री, राजेन्द्र कुमार श्रेष्ठ, मिठाराम सुवेदी र टंकनाथ काफ्ले सचिवमा बढुवा भएका छन् ।
यस्तै, राजश्व समूह अन्तर्गत बढुवा हुनेमा शशि भट्टराई, देवानन्द काफ्ले, रामबहादुर कार्की, कृष्णचन्द्र काफ्ले, जीवनाथ ज्ञवाली, संगीता सुवेदी र वसन्त राज तिवारी रहेका छन् ।यसैगरी लेखापरीक्षण समूहतर्फ दामोदर अर्याल, किशोर दुरा, नारायण प्रसाद अधिकार उपसचिवमा बढुवा सिफारिस भएका हुन् ।

प्रकाशित :२०७७ फाल्गुन २९, शनिबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry