३ करोड भ्रष्टाचार गर्ने कर्मचारीलाई सफाइ

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहितका १० कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
Advertisement 1
दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, सबइन्जिनियरहरू भक्तराज जोशी, नरेन्द्र शाही, ज्ञानेन्द्र बुढा, ल्याब टेक्निसियन धनबहादुर विष्ट र ठेकेदारहरू सन्तोष जोशी, हरिसिंह विष्ट र कामी शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो।
जोशीलाई २५ लाख ५२ हजार आठ सय ८६ रुपैयाँ, इञ्जिनियरहरु पूर्ण कुँवरले ५६ लाख ९० हजार सय ४०, ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार छ सय ६६ र नरेन्द्र शाहीले १२ लाख २४ हजार चार ५९ रुपियाँ हिनामिना गरेको हो । प्राविधिक पूर्वाधार कार्यालयका ल्याब टेक्निसियन धनबहादुर बिष्टलाई ५३ लाख ५१ हजार दुई सय ३४ र निर्माण व्यवसायी गणेश विष्टलाई ५० लाख ३१ हजार ५४ रुपियाँ हिनामिना गरेको अभियोग लागेको थियो ।
Advertisement 2
अदालतले जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Advertisement 3