सामान्यले खोज्यो स्थानीय तहले विदेशका सरकारसँग गाँसेको भगिनी सम्बन्धको विवरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहहरुलाई पत्राचार गर्दै विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध राखेको भए त्यसको जानकारी पठाउन आग्रह गरेको छ।

Advertisement 1

मन्त्रालयका शाखा अधिकृत सुर्दशन दाहालले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध राखेको भए आगामी १४ गतेभित्रमै जानकारी पठाउन आग्रह गरेको छ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ८ बमोजिम विदेशका स्थानीय सरकारहरूसँग त्यहाँ स्थानीय तहले हालसम्म कायम गरेको भगिनी सम्बन्ध सम्बन्धी विवरण दश दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी उपलब्ध गराउनु हुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ।

Advertisement 2

विवरण पठाउँदा भगिनी सम्बन्ध स्थापना गरेको देश र स्थानीय तह खुलाउनु पर्नेछ। भगिनी सम्बन्ध स्थापित गर्न नेपाल सरकारबाट दिइएको स्वीकृतिको मितिसमेत खुलाउन मन्त्रालयले भनेको छ।

भगिनी सम्बन्धको अवधि कति हो भन्ने पनि खुलाउनु पर्नेछ।

प्रकाशित :२०७७ मंसिर ५, शुक्रबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry