११ महिनादेखि निमित्तकै भरमा चलिरहेको एउटा स्थानीय तह


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतहरुका लागि १८ बुँदे सम्झौता गर्नुपर्ने प्रावधान लागू गरेको छ ।
सो सम्झौताको बुँदा नम्बर १२ मा उल्लेख गरिएको छ खटिएको स्थानमा कम्तीमा एक वर्ष सेवा गर्नेछु ।
तर स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच खटपट हुँदा कतिपय स्थानीय तहमा ५ देखि ६ महिनामै प्रशासकीयहरु सरुवा हुने गरेका छन् । जनप्रतिनिधिका स्वार्थ अनुरुप काम नगरिदिँदा त्यहाँ कर्मचारी र जनप्रतिनिधिबीच खटपट भई सरुवा हुने गरेको धेरै उदाहरण छ । अहिलेसम्म अधिकांश स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

Advertisement 1

जसमध्येकै एक हो गुल्मीको इस्मा गाउँपालिका । जस्ले अहिलेसम्म गाउँपालिका केन्द्रको टुंगो समेत लगाउन सकेको छैन् ।
यो पूर्व श्रम मन्त्री गोकर्ण विष्टको गाउँपालिका हो । र यहाँ उनै बिष्टका दाजु लक्ष्मणले नेतृत्व गरेका छन् । उपाध्यक्षको रुपमा त्यहाँ विमला खत्री छिन् ।

०७३ सालबाट गाउँपालिका सञ्चालनमा आएयता तीनवटा प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भइसकेको छ । निमित्तको रुपमा नारायण महतले ११ महिनादेखि प्रशासकीय बागडोर सम्हाल्दै आएका छन् । गत वर्ष फागुनमा सरुवा भएर आएका प्रेम अर्यालले गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको आकांक्षाअनुसार काम नगरिदिँदा २० दिनमै धपाइएको थियो । त्यस यताका ११ महिना भयो अधिकृत छैटौं महतले निमित्तकै भरमा गाउँपालिका चलाइरहेको छ ।

प्रकाशित :२०७७ मंसिर ५, शुक्रबार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry