जन्मदर्ता गर्दा वडा अध्यक्षले १० हजार घुस मागे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूस रकमसहित पक्राउ गरेको छ ।
Advertisement 1
उनीहरुले जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुसरि माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट दश हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले बताए । महतोको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिँदा निजलाई बिगो रु१०,००० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।