नेपाल निजामती कर्मचारी संगठनको विवाद र भविष्य
पृष्टभूमि
Advertisement 1
नेपालको निजामती क्षेत्रमा ट्रेड यूनियन अधिकारका लागि स्थापित सबैभन्दा जेष्ठ र अग्रणी संस्थाको नाम हो नेपाल निजामती कर्मचारी संगठन । यसै संगठन मार्फत नेपालका निजामती कर्मचारीहरुले अन्याय परेमा सौदावाजी गर्दै आफ्ना सदस्यहरुको पिरमर्का, सेवा शर्तको सुरक्षा र सामाजिक सुरक्षाको ग्यारेण्टी र बढोत्तरी, सामाजिक सेवा प्रवाहमा सुधार र सुशासन कायम गर्न निरन्तर लाग्दै आएको छ ।
जस्को परिणाम आधिकारीक ट्रेड युनियनको अपार बहुमतसहितको पहिलो नम्बरको संगठन बन्दै यसको नेतृत्व गर्दै आइरहेको छ । पेशागत क्षेत्रका महानहस्तीहरु मोहन बहादुर के.सी ,विश्वनाथ प्याकुरेल, भोलानाथ पोखरेलदेखि मोहन घिमिरे निजामती संगठनबाटै ट्रेड यूनियनकर्मिका रुपमा स्थापित नाम बनेका छन् । तर पछिलो समयमा नेतृत्वमा आएका ट्रेड युनियनकर्मीको राजनीतिक मोहका कारण हाल यस संगठनलाई कोमामा लाने दुष्प्रयास हुँदा केन्द्रमा रही समस्या भई क्रमशः स्थानीय स्तरमा समेत यसको छाँया पर्न थालेको आम संगठनहरुलाई महसुस हुन थालेको छ ।
Advertisement 2
विवादको मुख्य विषयः
नेपाल निजामती कर्मचारी संगठनको नेपालगञ्जमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनले जसरी नेतृत्व चयन भयो त्यहिबाटै यो भावशुन्य विचार, शुन्य र योजना शन्य अवस्थाबाटै संचालन हुन थाल्यो । यस विचमा रही रिक्त पदमा मनोनयन गर्ने वाहेक गतिविधि शुन्य भएर रह्यो यसैको असन्तोष आम संगठनामा भयो। यसैविच ट्रेड यूनियन र आधिकारिक ट्रेड यूनियनको नेतृत्वलाई नेकपा एमालेको पार्टी राजनितिकले गिजोल्दा संगठन पूर्ण मृत बनाइयो । यसैका विरोधमा महासिचव लगायतका पदाधिकारी साथीहरु उत्रने प्रतिकार गर्ने गर्न थालेपछि कसरी हुन्छ संगठन जिवन्त रहुनपर्छ भन्ने माग गर्नेहरुप्रति कुदृष्टी भाव राखी बाहिर लखेट्ने योजना बुन्न थालियो । एमालेका केही नेताहरुको प्रत्यक्ष निर्देशनका हवाला दिदै विधि विद्यान लत्याउने खेल शुरु भयो ।
Advertisement 3
सचिवालयको बैठक एजेन्डा तयार गरी केन्द्रिय कमिटिको बैठकमा राखी घनीभूत छलफल गरी निष्कर्षमा पुग्ने परम्परालाई हस्तक्षेप गरि तत्कालीन अध्यक्षले उर्दिको शैलीमा आफैले केन्द्रिय भेला राखेको घोषणा गरे । तत्पश्चात पनि पटक पटक छलफल गरि समाधान गर्न खोज्दा समेत इन्कार गरे पछि तत्कालीन महासचिवले भेला रोक्न आव्हान गर्नु भयो तर पनि यस पक्षलाई पूर्णतः वेवास्ता गरी यो एमालेको संगठन हो एमाले वाहेकलाई प्रवेश निषेध छ भन्ने आसयले नेतृत्व प्रस्तुत हुँदै वार्ता छलफललाई इन्कार गरी सबैलाई पाखा लगाउने योजना बनाउन लागे यो तब मात्र थाहा भयो जव भेलामा कार्यक्रम संचालन गर्न भनी महासचिव भेलास्थल जानु भो त्यहाँ त सचिवलाई नक्कली माइन्यूट बनाई निर्णय समेत लेखी २ घण्टा अघि नै बैठक सम्पन्न गरी निर्णय सार्वजनिक भनी झुटो प्रचार गर्ने तयारी भयो ।
१० वजे शुरु गर्ने कार्यक्रम त अघि नै सम्पन्न गरी कोषाध्यक्ष प्रतिवेदन समेत आफै वाचन गर्ने तयारी भएको देखेपछि महासचिव दंग परी कार्यक्रम बहिष्कार गरी वहुमत सदस्य लिएर वाहिर निष्कनु भयो र पेशागत महासंघको रोहबरमा छुट्टै भेला गरी त्यस्तो अराजक गतिविधि गर्ने उपर कारवाही गरी पूर्न संगठन गर्ने भेलाको निर्देशन अनुरुप महासचिवको नेतृत्वमा नयाँ केन्द्रिय कमिटि बन्यो । यसैविच केदार नेतृत्वको भेलाले केन्द्रिय कमिटि नै खारेज गरी नेपाल राष्ट्रिय कर्मचारी संगठनको महासचिव प्रभासलाई भित्र्याउने विधानमा हुँदै नभएको अधिवेशन आयोजक समिति बनेको घोषणा गरेछन् र प्रभास साहलाई सोको प्रवक्ता बनाएछन् ।
केदार नेतृत्वले केन्द्रिय कमिटि खारेज गरीसकेकोले नयाँ पूर्णगठन गरिएको रेवन्त गौतमको अध्यक्षको कमिटिले संगठनको कार्यलयमा गई पदभार ग्रहण गर्ने कार्यक्रम अनुसार संगठनको कार्यालय पुग्दा पहिले नै भित्रबाट ताला बन्दी गरी प्रहरी तैनाथ गरिएको देखेपछि विवादले चरमरुप लिन पुग्यो प्रहरीसँगको झडपमा थुप्रै साथीहरुले निर्घात कुटपिट खानुपर्यो यसैको परिणाम स्वरुप संगठनको कार्यालयमा सदाको लागि तालाबन्दी हुन पुगेको छ । हाल यो समस्या श्रम विभागमा गएर थन्केको छ । अवैधानिक आयोजक कमिटिको निर्देशनमा जिल्लामा समेत संगठकहरुलाई फुटाउने दुष्प्रयास भएका र हुन थालेको छ । यो विषय आम संगठकहरुले गम्भिरताका साथ लिनुपर्ने देखिएको छ ।
समाधान सामान्य छ
देशकै जेठो संगठनमा यसरी विवाद बढेपछि आम संगठन तथा हितैशी संगठक र शुभेच्छुकहरु समेतलाई चिन्ताग्रस्त बनाएको छ । समाधान सामान्य छ सिर्फ विवेकशीलताको खाँचो छ । देहायका विषयहरुमा एकमत भै वार्ता गरी सामधान खोज्न सकिन्छ ।
१) नेपाल निजामती कर्मचारी संगठन कुनै पार्टीको भातृसंगठन होइन भन्ने स्थापित गर्ने ।
२) कुनै पनि सत्ता वा सरकार ट्रेड यूनियन कर्मीको हुँदैन उसँग सदा प्रतिपक्षको भूमिका रहन केही राजनितिक र सेवा प्रवाहमा सैद्धान्तिक सहमति हुन सक्छ भन्ने मान्यता राख्ने ।
३) आम संगठक समक्ष विगतमा नेतृत्व वा अन्य कारण संगठन संचालनमा निष्क्रिय भएकोमा क्षमायाचना गर्न ।
४) दुवै पक्षका भेला र निर्णय वर्खास्त गरी सचिवलाय वैठक राख्न सहमत हुने ।
५) उपरोक्त सचिवालय वैठकबाट एजेन्डा तय गरी नयाँ कार्यदिशा घोषणा गर्ने ।
६) राजनीतिक आस्थालाई संगठन र कार्यालय वाहिर सिमित गर्ने
७) संगठनको कार्यक्रममा राजनीतिक व्यक्तित्व पूर्णतः निषेध गर्ने तर सरकार प्रधानमन्त्री, मन्त्री, उच्च प्रशासकलाई निमन्त्रणा गर्न सकिने ।
८) संगठनका प्रशिक्षण जस्ता कार्यक्रममा विषय विज्ञका रुपमा सबैलाई आमन्त्रण गर्ने सकिने लगायतका कार्यविधी सुधार गर्ने ।
९) निर्वाचित पेशागत महासंघलाई मान्यता दिने लगायत।
अवको बाटो
अहिले ट्रेड युनियन आन्दोलनमा धेरैको कुदृष्टि परेको अवस्था छ नयाँ संघीय निजामति सेवा ऐन आउन नसक्दा प्रदेश र स्थानीय तहको कानून समेत नवनेको स्थितिमा ट्रेड युनियन खारेज गर्ने वहस समेत तत्कालीन पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दुरासयका कारण सतहमा आएको छ । यस्तो अवस्थमा सबै ट्रेड यूनियन मिली काम गर्नुपर्ने अवस्था अमूक व्यक्तिको राजनितिक स्वार्थ पूरा गर्ने गरी सिंगो संगठनलाई चिरा पार्ने पेशागत संगठनलाई नाकाम बनाउने खेल केन्द्र हुँदै स्थानीय तह सम्म पुर्याउन थालियो प्रति सबै पक्ष, कर्मचारी वर्ग गम्भिर हुँदै माथि उल्लेखित प्रमुख बुँदा सहमत हुने गरी संगठनलाई एकढिक्का बनाउनुको विकल्प छैन् ।
नेपाल निजामती कर्मचारी संगठनका सबै तह र तप्कामा बस्ने संगठन, सदस्यहरुले यस विपरितका गतिविधिको प्रतिकार गर्ने हिम्मत गरौ तव मात्र एक संगठन बन्न सम्भव हुन्छ। जय संगठन ।
(लेखक लम्साल शहरी विकास तथा भवन निर्माण विभागमा लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।)