सिंहदरबारमा मेलम्चीको पानी, अब जार र बोतल निषेध

प्रखुम प्रशासनिक केन्द्र सिंहदरबारबाट जार तथा बोतलको पानी विस्थापित हुने भएको छ। मेलम्ची खानेपानी आयोजनाले खानेपानीको वितरण लाइन निर्माण सम्पन्न गरेसँगै बोतल तथा जारीको पानी विस्थापित हुने भएको छ।

Advertisement 1

गत साता नै सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरू भइसकेको छ। पानी वितरणदेखि गुणस्तरसम्म सबै परीक्षण सम्पन्न भएपछि जार तथा बोतलको पानी विस्थापन भइरहेको खानेपानी सचिव मणिराम गेलालले जानकारी दिए।

नगर विकास कोषको ३५ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै उनले भने “काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रले अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाएको छ। यही पाइपबाट ४६ लिटर प्रतिसेकेन्ड पानी सिंहदरबारमा वितरण हुन्छ।” सचिव गेलालले सिंहदबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताएका छन् ।

Advertisement 2

खानेपानी वितरण तथा गुणस्तर सबै परीक्षण भइसकेको र अब प्रधानमन्त्रीले पानी पिएर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मिनरल तथा जारको पानी विस्थापनको काम सुरु हुने छ। तयारी सबै सम्पन्न भएर प्रधान्त्री कार्यालयसँगको सहकार्यमा काम भइरहेको सचिव गेलालले जानकारी दिए।

मेलम्चीको पानी वितरण नहुँदासम्म सिंहदरबारभित्रका सबै ठाउँमा जार, ट्यांकर तथा बोतलको पानी खपत हुँदै आएको थियो। अबदेखि सिंहदरबारमा बाहिरबाट पानी नआउने उनको भनाइ छ।

Advertisement 3

 

प्रकाशित :२०७९ फाल्गुन ५, शुक्रबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry