नेपाल बार प्रांगणमा अधिवक्ताले कुटे बकिललाई

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोशियसन परिसरमै दुई अधिवक्ताबीच हात हालहाल भएको छ । प्रधानन्ययाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको पक्षधर र बेञ्च बहिष्कारको विपक्षमा रहेका अधिवक्ताबीच हात हालहाल भएको हो । नेपाल बार एशोसियनको प्रांगणमा अधिवक्ता विराट न्यौपानेले अर्को अधिवक्ता भूमिनन्द चुडाललाई हात पात गरेका हुन । अधिवक्तालाई कुट्ने न्यौपाने काठमाडौं बारका सदस्य हुन भने झापट खाने चुडाल सर्वोच्च बारका ।
न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका, चुँडालले प्रधानन्यायधीश राणा पक्षधर ।
इजलाश रोकिदा सर्वसाधरणलाई सास्ती भएको बिषयमा मिडियासँग अन्तरवार्ता दिइरहेको अबस्थामा चुडालमाथि हातपात भएको र आफू न्यौपानेविरुद्ध कानुनी प्रक्रियामा जाने चुडालको भनाई छ । पिट्ने र पिटाई खाने दुवै अधिवक्ता नेपाली कांग्रेस निकटको भातृसंगठन डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध हुन् ।

प्रकाशित :२०७८ कार्तिक १२, शुक्रबार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry