विज्ञापन रद्द भए दरखास्त शुल्क फिर्ता गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन वा सूचना विभिन्न कारणले रद्द भएको अवस्थामा उम्मेदवारबाट असुल गरिएको दरखास्त दस्तुर अनिवार्य रूपमा फिर्ता गर्न सबै निकायलाई निर्देशन दिएको छ।
Advertisement 1
कार्यालयको प्रशासन शाखाले शुक्रबार जारी गरेको पत्रमार्फत सबै मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सबै स्थानीय तहलाई यस्तो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो।
निर्देशनअनुसार मन्त्रालय, प्रदेश, स्थानीय तह, मातहतका निकाय तथा संगठित संस्थाले कर्मचारी पदपूर्तिका लागि प्रकाशित गरेको कुनै पनि विज्ञापन वा सूचना रद्द भएमा उम्मेदवारले दरखास्तसँगै बुझाएको दस्तुर सम्बन्धित उम्मेदवारकै बैंक खातामा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ।
Advertisement 2
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस व्यवस्थाले विज्ञापन रद्द हुँदा उम्मेदवारले अनावश्यक आर्थिक भार व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेको छ।
उक्त निर्देशन प्रशासन शाखाका शाखा अधिकृत नेत्रप्रसाद पोखरेलले जारी गरेका हुन्।
Advertisement 3









