७३ लेखा अधिकृत र ३३ सहलेखापालको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले एकै पटक ७३ जना लेखा अधिकृतहरुको सरुवा गरेको छ । दशैं विदा सकिएर कार्यालय खुलेकै दिन अस्ति आइतबार एकै पटक ७३ जना अधिकृतहरुको सरुवा गरिएको हो ।

Advertisement 1

महालेखा नियन्त्रक सुमनराज अर्याल, सहसचिव नवराज ढुंगाना र उपसचिव प्रकाश पुडासैनीले गरेको सरुवाप्रति कर्मचारीहरुले असन्तृष्टी पोख्न थालेका छन् । जेष्ठता,योग्यता लगायतका मापदण्डलाई कुल्चदै जुनियर कर्मचारीलाई आकर्षक ठाउँमा पठाइएको र सिनियरको मानमर्दन गरिएको भन्दै कतिपय अधिकृतहरुले सरुवाप्रति चित्त दुखाएका छन् । कतिपय अधिकृतहरुले मापदण्डको धज्जी उडाउँदै अधिकृतहरुको सरुवा गरिएको भनेर विरोध गर्न थालेका छन ।
पर्सनल इन्फरमेसन सिस्टम (पीआईएस)मा सिनियरहरूलाई बेवास्ता गरी जुनियरलाई आकर्षक एवं मागेकै ठाउँमा पठाइएको भन्दै उनीहरुले चित्त दुखाएका छन् ।

 

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/10/अधिकृत-सरुवा-2078.07.01.pdf” title=”अधिकृत सरुवा 2078.07.01″]

महालेखा नियन्त्रकले हिजैमात्र ३३ सहलेखापालको सरुवाको सूची सार्वजनिक गरेको छ ।

Advertisement 3

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/10/saruwa-_सहलेखापाल.pdf” title=”saruwa _सहलेखापाल”]

 

प्रकाशित :२०७८ कार्तिक ४, बिहीबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम