बजेट निर्माणमा जुट्यो अर्थ मन्त्रालय,यी हुन बजेट लेखनमा सक्रिय अर्थका अधिकारी

अर्थ मन्त्रालयका अधिकारीहरु आगामी आर्थिक बर्षका लागि बजेट निर्माणमा जुटेका छन् ।
अर्थमन्त्री बिष्णु पौडेलसहित बजेट निर्माण टोलीमा अर्थसचिव शिशिर कुमार ढुंगना,राजश्व सचिव रामशरण पुडासैनीसहितको टोली तयार भएको छ ।
बजेट निर्माणमा विभिन्न ५ महाशाखा प्रमुख संलग्न रहेको बजेट लेखन टोली बनाइएको छ । सो टोलीको संयोजक आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव डा. रामप्रसाद घिमिरे रहेका छन् । यस्तै सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका सहसचिव धनिराम शर्मा, वैदेशिक सहायता महाशाखाका प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव श्रीकृष्ण नेपाल, राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव रामेश्वर दंगाल र योजना, मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव सुमन दाहाल छन् ।
संविधान अनुसार बजेट हरेक वर्ष जेठ १५ गते ल्याउनु पर्ने बाध्यताका कारण अर्थमन्त्री बिष्णु पौडेल बजेट निर्माणको लागि बिहान ८ बजे नै मन्त्रालय पुग्ने गरेका छन् । अर्थमन्त्री सहितको टोली बिहान ८ बजेदेखि राती ८ बजेसम्म नै मन्त्रालयमा खटिएको छ ।
यस्तै अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ पनि सक्रिय भएका छन् ।

Advertisement 1

 

प्रकाशित :२०७७ चैत्र १९, बिहीबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry