अर्थ,स्वास्थ्य,परराष्ट्र सचिवलाई कोरोना विरुद्धको खोप ल्याउने जिम्मेवारी

नेपाल सरकारले कोरोना भाइरस कोभिड १९ को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । यस्का लागि तीन सचिव सम्मेलित एक समिति बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।रुदचश्रपरीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठनको मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ ।जस्मा अर्थ,स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको एक समिति बनाइएको हो । अस्ति सोमबार बसेको कोरोना भाइरस विरुद्धको खोप ल्याउन सरकारले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सम्मिलित ३ सदस्यीय सचिव स्तरिय समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वमा क्लिनिकल ट्रायलमा रहेका खोपमध्ये जुन खोप सफल र प्रभावकारी हुन्छ सोही खोप नेपाल ल्याउने निर्णय गरेको हो ।
सो खोप आपूर्तिका लागि अर्थ सचिव शिशिर ढुंगना, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल र परराष्ट्र सचिव भरत ढुंगना सचिव रहेको तीन सदस्यीय समिति बनाउने निर्णय भएको हो ।
Advertisement 1
कोरोना विरुद्धको खोप नेपाल भित्र्याउनका लागि झण्डै ५५ अर्ब लाग्ने अनुमान गरिएको छ ।