यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ८ निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न ८ वटा निर्णय सार्वजनिक भ्एको छ । पूर्ववर्ति सरकारले गरेको भूमी आयोग खारेजी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल वैशाख १ गते भूमिसम्बन्धी समस्या समाधान गर्ने भनी आयोग गठन गरेको थियो । ३ वर्षका लागि भन्दै गठन भएको आयोग नयाँ सरकारले खारेज गरेको हो । आयोगका नेतृत्व एमाले चितवनका नेता देवी ज्ञवालीले गर्दै आएका थिए र ७७ वटै जिल्लामा संयोजक र सह संयोजक तोकिएर काम अघि बढेको थियो । बरिष्ठ सहसचिव हरि प्रसाद मैनालीलाई सचिवमा बढुवा गरेको छ । त्यस्तै पूर्व सचिव मधु रेग्मीलाई शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको छ । बैठकले विभुषण सिफारिस समितिमा पनि नियुक्त गरेको छ । समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उपकाश प्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गरेको हो । आगामी ३ असोजमा विभूषण पाउनेहरुको सूची सार्वजनिक हुन्छ ।

Advertisement 1

 

मन्त्रिपरिषदले गरेका विभिन्न ८ वटा निर्णयहरु

Advertisement 2

१) कोभिड भ्याक्सिन एशियाली विकास बैंकको सहयोगमा रेस्पोन्सिभ कोभिड १९ भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अण्डर द एशिया प्यासिफिक भ्याक्सिन फ्यासिलिटी अन्तरगत प्राप्त १६५ मिलियन अमेरिकी डलर करिब १९ अर्ब ५८ करोड सहुलियपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

२) कोभिड १९ को अवधिमा स्थानीय प्रशासनबाट जारी निशेध आदेशको अवधि मिति २०७८ बैशाख १६ देखि निषेध आदेश अवधिसम्मको व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क छुट दिने ।

Advertisement 3

३ं) राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका देहायका व्यक्तिहरुलाई विभुषण समितिको सदस्यमा तोक्ने क) प्रा श्रीमती भुषण श्रेष्ठ पूर्वउपकुलपति सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, ख) गोविन्द प्रसाद शर्मा पूर्वरजिष्टार, त्रिभुवन विश्वविद्यालय, ग) मदन दास श्रेष्ठ, कलाकार, घ) कुशप्रसाद मल्मी, उद्यमी, ङ) ओमप्रकाश महतो सुँडी, इञ्जिनियर र नरबहादुर कँडेल, अवकाशप्राप्त रथी

४) भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत कार्य गरेकोले निजलाई स्पष्टीकरण सोधिएको छ ।

५) शिक्षक सेवा आयोगमा देहाय वमोजिम नियक्ति गर्ने–

मधुप्रसाद रेग्मी, अध्यक्ष, काठमाडौं । सदस्य– डिल्लीराम रिमाल काठमाडौं, नन्दकुमारी महर्जन काठमाडौं ।

६) राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।

७) गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष श्री कृष्ण मुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा स्वीकृत गरिएको छ ।

८) निजामति सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ को खण्ड ९ख० को उपखण्ड २ वमोजिम नेपाल प्रशासन सेवाको समूहीकरण तर्फ राज पत्रांकित विशिष्ट श्रेणी पदमा बढुवा समितिको मिति २०७८ /४/१२ को सिफारिस अनुसार राज पत्रांकित प्रथम श्रेणीका सहसचिव श्री हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापना गर्ने ।

प्रकाशित :२०७८ श्रावण २०, बुधबार ०७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry