८३ उपसचिव थपिँदा १९ महिला
लोक सेवा आयोगले मंगलबार उपसचिव तहको परीक्षाफल प्रकाशन गर्यो । जहाँ विभिन्न सेवा समूहबाट ८३ जना उम्मेदवार उत्र्तीण भए । आयोगका अनुसार आयोगले सामान्य प्रशासनतर्फ आप्र तर्फ ४१ उपसचिव सिफारिस भएकामा न्याय सेवा कानून समूह २, सरकारी वकिल समूह २, खुला तर्फ न्याय समूह ३, कानून समूह १, सरकारी वकिल समूह २, प्रशासन लेखामा २, राजश्वमा ३, आप्रतर्फ नै लेखापरिक्षण सेवामा ३, खुला तर्फ नै नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा २०, लेखामा १, राजश्वमा १, खुलाकै लेखापरिक्षण सेवामा १, नेपाल व्यवस्थापिका संसद सेवा अन्तर्गत खुलाको दलित कोटामा १ गरि ८३ जना सिफारिस गरेको छ ।
यसरी ८१ जना उपसचिव थपिँदा १९ जना महिला उम्मेद्धारले नाम निकाल्न सफल भएका छन्। जसअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा ५ जना थपिएका छन् ।
आप्रबाट वीरेन्द्रनगर–८, सुर्खेतकी पूर्णिमा उपाध्याय, वार्लङ्ग–११, स्याङ्जाकी कोमल पराजुली, महालक्ष्मी–४, धनकुटाकी शारदा भण्डारी, सन्धिखर्क ७ अर्घाखाँचीकी सिर्जना शर्मा, तिलोत्तमा १४ रुपन्देहीकी तारा ज्ञवाली सिफारिस भएका हुन् । यस्तै राजश्व समूहमा लालबन्दी ३ सर्लाहीकी बिमला अधिकारी सिफारिस भएकी छिन् ।
Advertisement 1
यस्तै लेखा परिक्षण सेवामा सेवामा मदाने ३ गुल्मीकी कल्पना अर्याल पोख्रेल सिफारिस भएकी छन् । नेपाल न्याय सेवा अन्तर्गत न्याय समूहमा चाँगुनारायण ३ भक्तपुरकी इन्दिरा कार्की, सरकारी वकिल समूहमा धुर्कोट ५ गुल्मीकी सविता शर्मा र मालिका ८ गुल्मीकी मुना पौडेल सिफारिस भएका छन् ।
१ सरकारी वकिलमा २ जना महिला सिफारिस भएका छन् ।
त्यस्तै खुला प्रतियोगितात्मक परिक्षाद्वारा सामान्य प्रशासन तर्फ खुलामा मन्थली १ रामेछापकी सुनिता घिमिरे र महिलामा गोदावरी ६ कैलालीकी किरण जोशी, मध्यपुर ठिमी ७ भक्तपुरकी नीता शर्मा, पोखरा ३३ कास्कीकी सीता दुवाडी र माडी ६ चितवनकी सविता अर्याल सिफारिस भएका छन् ।
Advertisement 2
यस्तै खुला प्रतिस्पर्धाबाट प्रशासन सेवा, सामान्य प्रशासन समूहमा खुलामा १, महिलामा ४ गरि ५ जना, न्याय समूहमा २, कानून समूहमा १, सरकारी वकिल (महिला) मा १ जना महिला उपसचिव थपिएका हुन् । न्याय सेवाको न्याय समूह खुलामा कानेपोखरी ७ मोरङ्गका शारदा फुयाल, आदिवासी जातीमा चौदण्डी १० उदयपुरकी देवकुमारी चौधरी कानून समूहमा मालिका ८ गुल्मीकी विमला पौडेल, सरकारी वकिल समूहमा औरही ८ महोत्तरीकी निमा घिमिरे सिफारिस भएका छन् ।