सवइन्जिनियर पौडेल ७२ हजार घुससहित पक्राउ

बुढालनिलकण्ठ नगरपालिकाका सव—इन्जिनियर घुसहित पक्राउ परेका छन् । सव—इन्जिनियर विनोद कुमार पौडेल सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

Advertisement 1

उनले सेवाग्राहीसँग ७२ हजार घुस लिएका थिए । घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थमा उक्त रकमसहित पक्राउ परेको हो । घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाई बिगो रु.७२,०००। (बहत्तर हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत,काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

प्रकाशित :२०७८ आश्विन १९, मंगलवार ०९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry