कर्मचारी सन्ततिलाई छात्रवृत्तिका लागि ९११ ले दिए आवेदन,यही बर्ष बाढिनेछ १४ करोड

सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेकोमा समयसीमाभित्र ९११ कर्मचारीले आवेदन दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जसअनुसार यस्तो वृत्ति निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततीका लागि यस्तो वृत्ति उपलव्ध गराउन भन्दै १२ वैशाखमा सूचना प्रकाशन भएकोमा निर्धारित मितिभित्र ९११ कर्मचारीबाट आवेदन प्राप्त भएको मन्त्रालयका प्रशासन सुधार, जनशक्ति योजना तथा विकास महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद अर्यालले जानकारी दिएका हुन ।
Advertisement 1
निजामतीका सन्ततीलाई घटीमा १ लाखदेखि बढीमा ५ लाखसम्म छात्रवृत्ति पाउनका लागि ९ सय ११ जना कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवेदन दिएका हुन् । यस्तो शैक्षिक वृत्ति प्राप्त गर्नका लागि कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा सी प्लस ग्रेड वा दुइ दशमलव ४ जिपिए वा सो सरह अङ्क प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने उल्लेख गरिएको थियो ।
यस्तै स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक वा सो सरह तहको प्रथम वर्ष तथा पहिलो वा दोश्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था राखिएको थियो भने पच्चीस वर्ष उमेर पूरा नभएकोले मात्र आवेदन दिन पाइने जनाइएको थियो । यस्का अलवा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएकोहुनुपर्ने थियो ।
यस्का अलवा आवश्यक पर्ने कागजपत्रहरुमा नागरिकता प्रमाणपत्र (हालको स्थायी ठेगाना फरक भएमा बसाइसराई प्रमाणपत्र समेत),प्रवेशिका एसईई वा एसएलसी र १० जोड २ को शैक्षिक प्रमाण पत्रहरु (लव्धाङ्क पत्र ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र) का अलवा अभिभावक कर्मचारी कार्यरत रहेको कार्यालयको सिफारिश पत्र (मन्त्रालयले तोकेको ढाँचामा) तथा सेवा निबृत्त भएका कर्मचारीको हकमा निबृत्तिभरण प्रमाण पत्र र अवकाश पत्र आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको थियो ।
सामुदायिक वा सरकारी उच्च माध्यमिक विद्यालयबाट उच्च माध्यमिक शिक्षा वा सो सरहको परिक्षा उत्तिर्ण गरेकोमा राष्ट्रिय परीक्षा बोर्ड वा सो अन्तर्गतको कार्यालयले सम्वन्धित शिक्षण संस्था सामुदायिक वा सरकारी हो भनी गरेको सिफारिश पत्रका अदवा अध्ययनरत शिक्षण संस्था (कलेज वा क्याम्पस) को सिफारिश पत्र (तोकिएको ढाँचामा), सरकारी कामकाजको सिलसिलामा मृत्यु भएका कर्मचारीको सन्ततिको हकमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित पत्र वा घटना पुष्टि हुने सरकारी कागजात, समावेशी प्रमाणित गर्ने कागजात,नागरिकतावाट अविभावक कर्मचारी र सन्तति विद्यार्थीको नाता खुल्न नसकेको खण्डमा नाता प्रमाणित प्रमाण पत्र,बहालवाला कर्मचारीको हकमा परिचयपत्रको प्रतिलिपि र अभिभावक कर्मचारी र अध्ययनरत सन्ततिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने भए पनि केहीले भने वृत्ति लिनकै लागि झूठा कागजपत्र पेश गरिएको सामान्य प्रशासन स्रोतले जनाएको छ ।
कर्मचारी सन्ततीका छात्रवृत्तिका लागि १४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजित भएको र सो रकम यही असार मसान्तसम्ममा वितरण गरिने सामान्य प्रशासनले जनाएको छ ।