घनश्याम पराजुली सचिवमा बढुवा

काठमाडौं। घनश्याम पराजुली सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
Advertisement 1
लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी उपमहालेखापरीक्षक (सचिव) पदमा उनी यसअघि २ पटक पहिलो नम्बरमा सिफारिस भए पनि पछिल्ला अधिकारीहरूलाई बढुवा गर्दा छुट्दै आएका थिए। तर पछिल्लो सरकारले सबै क्षेत्रमा सिनियारिटीलाई नै आधार मानेर पराजुलीलाई बढुवा गरेको हो।
प्रकाशित :२०८२ पुष २२, मंगलवार १०:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













