ललिता निवास जग्गा प्रकरण :- बहालवाला सचिव र सिडिओविरुद्ध समेत मुद्धा दर्ता
जिल्ला सरकारी वकिलको कार्यालयले वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव र सहसचिवविरुद्ध समेत मुद्धा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यलयले केही अघि २ सय ९१ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
Advertisement 1
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिइआइबी)ले प्रतिवादीहरुलाई संगठित अपराधमा समेत मुद्धा चलाउन राय दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त रायको विपरित सरकारी कागजात कीर्ते अभियोगमा मात्र मुद्दा चलाएको हो ।
जसमा बहालवाला सञ्चार सचिव सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि मुद्दा दायर गरेको छ । यी दुबै विरुद्ध ललिला निवास परिसरको सरकारी जग्गा किर्ते अभियोगमा मुद्दा दायर भएको हो । वैद्य दाङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । सिआइबीले उनलाई फरारको सूचीमा राखेको थियो ।
Advertisement 2
सिआइबीले बुझाएको प्रतिवेदनको सूचीमा २४१ नम्बरमा वैद्यको नाम भेटिएको छ । कुलनन्दन वैद्यको नाती तकन वैद्यको छोरा,जिल्ला प्यूठान विजुवार गाविस हाल प्यूठान नगरपालिका वडा नम्बर ४ बस्ने सुशील वैद्यलाई सिआइबीले फरारको सूचीमा राखेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
वैद्य डिल्लीबजार मालपोत कार्यालयको तत्कालीन भूमिसुधार अधिकारीको जिम्मेवारीमा थिए । वैद्य ०७० मा काठमाडौंका भूमिसुधार अधिकारी थिए । उक्त जिम्मेवारीमा छँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको आरोप उनीमाथि लागेको छ । २०७९ माघ १६ मा प्रमुख जिल्ला अधिकारीको रुपमा उनी दाङ जिल्लामा पुगेका थिए । त्यस अघि वैद्य लमजुङको प्रमुख जिल्ला अधिकारी र त्रिभुवन विमानस्थलमा कार्यलय प्रमुख चलाइसकेका वैद्यलाई यो प्रकरणसँगै जिम्मेवारी मुक्त गर्दै गृहमा तानिएको छ ।