नेपाल प्रहरीमा एक एआईजी र पाँच जना डीआईजीको संख्या थप गर्ने सरकारको निर्णय
सरकारले नेपाल प्रहरीका एक जना अतिरिक्त महानिरीक्षक(एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ ।
Advertisement 1
अघिल्लो मन्त्रिपरिषद बैठकले प्रहरीको ओएन्डएम स्वीकृत गरेको गृह स्रोतले बतायो। गृह स्रोतका अनुसार ओएन्डएम मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी बुधबार प्राप्त भएको छ।
गृह मन्त्रालयले एक जना एआईजी र पाँच डिआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।संघीयता कार्यान्वयनका क्रममा प्रहरीको समायोजन लगायत जिम्मेवारी मिलानका लागि दरबन्दी थप गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यसअघि प्रहरीमा ३ एआईजी र १४ डीआईजीको दरबन्दी थियो । अब प्रहरीमा एआईजी ४ र डीआईजी १९ हुने भएका छन् । यससँगै अब नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) थपिने छन्। हाल दरबन्दी थप भएसँगै एआईजीको संख्या चार पुगेको छ भने डीआईजीको संख्या १९ पुगेको छ ।
Advertisement 2
सरकारले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने तयारी गरेको छ ।