कोरोना संक्रमणको यो महामारीमा राष्ट्रसेवक कर्मचारीले गर्नैपर्ने १० काम

१. स्वउत्प्रेरित हुने कहिल्यै अनुभव नगरिएको कोरोनाको त्रास विरुद्ध पनि आम राष्ट्रसेवक कर्मचारी स्वउत्प्रेरित भै यस कामका सफल हुनुपर्छ ।

Advertisement 1

२. थ्री एचको सिद्धान्त प्रयोग गर्ने थ्री एचको अर्थ हेड, हार्ट र हायण्ड हो । अर्थात मन, वचन र कर्मले सेवा गर्नुपर्छ ।

३. रोलमोडलबाट सिक्ने आफुले फाटेको सिरक ओढेर काँप्दै सुत्ने चाणक्यले आम गरीबलाई बाक्ला नयाँ सिरक वितरण गरेर तिनलाई बचाएका थिए । यसर्थ राष्ट्रसेवक कर्मचारीले आफु बाँच्ने र जनतालाई पनि बचाउने ध्येय लिनुपर्छ ।

Advertisement 2

४. सधैँ राष्ट्र र जनताको सेवामा रहनेभात्रृहरिले मानिसलाई ४ वर्गमा वर्गिकरण गर्नुभएको छ । उहाँका अनुसार उच्चकोटीका मानिस सदैव राष्ट्र र जनताको सेवामा समर्पित हुन्छन् । सामान्यकोटीका मानिस आफ्नो उन्नति र प्रगतिमा दत्तचित्त रहन्छन् । निचकोटीका मानिस अर्काको कुभलो चिदाउँदै दिन बिताउँछन् । दुष्टकोटीका मानिसहरू नत आफ्नो हित, नत राष्ट्रको हित, जताततै भताभुंग होस् भनी विनासका लागि अग्रसर हुन्छन् । यसर्थ राष्ट्रसेवक कर्मचारीहरू निशन्देह उच्चकोटीका मानिसमा पर्नुपर्छ ।

५. घामले जस्तो न्यानोपना दिने मानिसले घाम ताप्छन्, न्यानोपनाका लागि । यसर्थ पोल्ने घाम भन्दा न्यानो घाम नै सबैका लागि प्रिय हुन्छ । यसर्थ, राष्ट्रसेवक कर्मचारीले कोरोनाको कहरमा आम जनतालाई आशाको दियो बालेर आश्वस्त तुल्याउनुपर्छ ।

Advertisement 3

६. जनमैत्री काम गर्नेसबै फूल फुल्दैमा बास्ना चल्दैन । कर्मचारीले गर्ने सबै कामबाट जनता प्रसन्न हुन सक्तैनन् । यसर्थ जनतासँग मिलेर काम गर्नुपर्छ । आदर चाहनेले पहिला अरूलाई आदर गर्नुपर्छ ।

७. सकारात्मक सोच राख्नेविषम परिस्थितिमा अहिले नगरे कहिले गर्ने र मैले नगरे कसले गर्ने भन्ने सोचका साथ अघि बढ्नुपर्छ ।

८. सफलता हात पार्न अग्रसर हुनुपर्छपोखरीमा हामफाल्ने सबै मानिस मर्दैनन्, पौडन नजान्ने मात्रै मृत्युको मुखमा पुग्छन् भन्ने भनाइलाई आत्मसात् गरी कर्मचारीतन्त्र कोरोना विरुद्धको मोर्चामा खडा हुनुपर्छ ।लयसबाट कर्मचारीतन्त्रको जित हुने र कोरोनाको पराजय हुने पक्का छ ।

९. परिवर्तनउन्मुख सोच राख्नेरुखले जसरी बर्सेनि पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकूल बदल्नुपर्छ । कर्मचारीतन्त्र परिवर्तनको बाहक हुनुपर्छ ।

१०. कर्मचारीको साख बढाउनु पर्छ हामी आलु, अण्डा वा कफी के बन्ने हाम्रै हातमा छ ।नेपालका राष्ट्रसेवक कर्मचारीहरू, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती, शिक्षक लगायत सबैले यस संकटको घडीमा मुलुक र जनताको सेवा गरी कर्मचारीतन्त्रको साख उज्ज्वल तुल्याउनु हुनेछ भन्ने विश्वासका साथ सफलताको कामना गर्दछु ।

प्रकाशित :२०७७ कार्तिक २६, बुधबार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry