विपदजन्य घटनाहरुःकेहि जानकारी,केहि सचेतना
आकस्मिक रुपमा हुने प्रकृतिक वा कृतिम घटना जसले धनजनको ठुलो क्षति पुर्याउँछ भने त्यसलाई हामी विपद् भन्छौँ। विपद्लाई ४ किसिमले वर्गिकरण गर्न सकिन्छः
१ भू–भौतिकीय(भुकम्प,ज्वालामुखी,पहिरो,सुनामी)
२.जलजन्य(हिमपहिरो,बाढी/डुबान)
३.जलवायु मौसमजन्य(लु,शितलहर,खडेरी,अतिवृष्टि,वनडढेलो,चक्रवात,घुम्रपात,हावाहुरी,चट्याङ,
Advertisement 1
बाढी÷पहिरो)
४.जीवजन्य (ब्याक्टेरिया, भाइरस वा अन्य किरा÷जनावरले फैलिने महामारी)
भुकम्प/भुईँचालोः अचानक रुपमा जमिनमा हुने कम्पन जसले ठुलो धनजनको क्षति पुर्याउँछ भने हामी त्यसलाई भुकम्प भन्छौँ।भुकम्प भौगर्भिक टेक्टोनिक प्लेटको हलचल,ज्वालामुखी विस्फोटन र यदाकदा मानवीय कृयाकलाप (बम बिस्फोटन,ब्लास्टिन)ले समेत हुन सक्दछ। विश्वमा नेपाल भुकम्पीय जोखिमको हिसाबले ११औँ स्थानमा छ भने काठमाडौँ उपत्यका त भुकम्पीय जोखिमका शहरहरुमध्ये सर्बोच्च स्थानमा छ। भुकम्प रेक्टर स्केलमा नापिन्छ। कुनै हल्का कम्पन पछि लगत्तै त्यहि ठाउँमा अर्को ठुलो कम्पन भएमा त्यो सानो कम्पनलाई पुर्व कम्प (aftershock)भनिन्छ भने ठुलो वा शक्तिशाली कम्पनपछि का स–साना कम्पनहरुलाई पराकम्प( ) भनिन्छ।मापन स्केलको आधारमा भुकम्पलाई ४ किसिमले वर्गिकरण गर्न सकिन्छः
Advertisement 2
गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल बैसाख १२ गते ११ः५६ मा गएको ७.८ म्याग्निच्युडको (वा ८.१म्याग्निच्युड) शक्तिशाली (वा महाभुकम्प) भुकम्प र त्यसपछिका पराकम्पनहरुको असर हाल सम्म पनि यथावतै छ।
त्यस समय ९०००मानिसको ज्यान गएको थियो,२२,००० घाइते भएका थिए शनिबार दिन झन्डै १२ बजेतिर गएको स्कुल कलेज अफिस हरु छुट्टि भएको तथा गाउँ गरतिर मानिसहरु घर बाहिर काम गर्ने समय भएको कारणले जनधनको क्षति कम भएको देखिन्छ।
धरहरा,पुराना मठ मन्दिर देखि लाखौँको सङ्ख्यामा घर भवनहरु भग्नावषेशमा परिणत भए मानिसहरु छानो र मानो बिहिन भए, सयौँ रात पाल मुनि बिते।
सगरमाथामा हिमपहिरो जाँदा २२ जानाको ज्यान गएको थियो भने लाङटाङ मा गएको हिमपहिरोले पुरिएर २५० जना बेपत्ता भए।विश्व सम्पदा सुचिमा परेका काठमाडौँ दरबारस्वायर, पाटन दरबारस्वायर,भक्तपुर दरबार स्क्वायर,चागुनारायण,बौध्द स्तुप पनि क्षतबिक्षत बने।
बि.सं. १९९० साल माघ २ गते दिनको २ बजेर २४ मिनेटमा संखुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको ८.३ रेक्टर स्केलको महाभुकम्प ले ३८५० पुरुष र४६६९ महिलाको ज्यान लिएको थियो जसमा काठमाडौँमा मात्र ४२९६ जनाको ज्यन गएको थियो सो भुकम्पमा २,०७,७४० घर देवालय पाटिपौवा भत्केका थिए।
बि.सं. २०३७ साल श्रावण १४ गते बझाङ जिल्लामा गएको ६.५ रेक्टर स्केलको भूकम्पमा १०३ जनाको मृत्यु भएको र २५०० भन्दा बढी घरहरुलाई क्षति पुर्याएको थियो।
बि.सं. २०४५ साल भाद्र ५ गते बिहान ४ बजेर ५४ मिनेट ३५ सेकेन्डमा नेपालको पूर्वी भाग उदयपुर जिल्लामा केन्द्रबिन्दु भएको ६.५ रेक्टर स्केलको भुकम्पमा परि ७२१ जना को मृत्यु भएको र ६५००० भन्दा बढी घरलाई क्षति पुर्याएको थियो। माथिका यी तथ्यांकहरू हेर्दा नेपाल साच्चिँकै एउटा भूकम्पीय जोखिम क्षेत्रमा रहेको प्रस्ट हुन्छ।
हामीलाई थाहा छ भुकम्प रोक्न छेक्न, अनुमान गर्न नियन्त्रण गर्न नसकिने र आकस्मिक रुपमा हुने दैवी विपद् हो। तर हामीले विगत मा गएका भुकम्प बाट के पाठ सिक्न जरुरी छ भने हामी ले निर्माण गरेका संरचनाले नै हाम्रो ज्यान लिने हो। त्यसैले घर भवन मन्दिर मस्जिद चैत्य गुम्बा टावर निर्माण गर्दा भवन निर्माण मापदण्ड पुरा गरेर मात्र निर्माण गरौँ।भुकम्प आइहाले आत्तिने दौडिने भाग्ने नगरी सुरक्षित र खुल्ला ठाउँमा जाऔँ,यदि घर भित्र छौँ र बाहिर जान सकिदैन भने त्यहि भित्र सुरक्षित स्थान को पहिचान गरी बसौँ, जस्तो खाटमुनी, टेबुल मुनि, ढोकाको मुनी।आफु जोगिऔँ र बालक बृध्द असहायहरुलाई सहयोग गरौँ।
पहिरोः पहाडि भुभागमा रहेको भिरालो उच्च जमिनको सतहको माटो ढुङ्गा पानी मिसिएको लेदो सहित माथिल्लो सतहबाट छुट्टिई तलतिर बग्ने वा झर्ने प्रकृया नै पहिरो हो।जमिनको भु–स्वरुप नै बदलिने यो एउटा प्रकोपजन्य घटना पृथ्विको गुरुत्वले प्रभावित छ। भुकम्प, सडक लगायत निर्माण कार्य, जमिन थर्किने किसिमका अन्य विकासका कार्य, अतिवृष्टि,नदि कटान र मूख्ये रुपमा कमजोर भु–बनावट नै पहिरोका मूख्य कारणहरु हुन्। पहिरो एक विपद्जन्य घटना हो, प्रत्येक वर्ष नेपालमा पहिरोका कारण ठुलो धनराशीको क्षती हुने गरेको छ।पहिरो मुख्यतः मौसमजन्य विपद् हो। मनसुन सिजनको सुरु र अन्तमा बढि मात्रामा पहिरो जाने गरेको छ। प्रिमनसुन सिजनमा खडेरी गएको छ भने मनसुन सुरु हुने बित्तिकै त्यस्ता पहाडी भुभागका कमजोर र भिरालो ठाउँ हरुमा पहिरो जाने सम्भा बना रहन् भने त्यसरी नै मनसुन को अन्तमा जमिन स्याचुरेट भइसकेको हुन्छ र त्यस समयमा हुने भदौरे मुसलधारे पानी ले पनि पहिरो जाने गर्दछ। हुन त दैवी प्रकोप आकस्मिक हुने गर्छ र अनुमान गर्न कठिन हुन्छ न नियन्त्रण नै गर्न सकिन्छ तर पहिरो को जोखिम कम गर्न वा मानवीय क्षती कम गर्न प्रथम त जमिनको माटो चट्टान परिक्षण() गरेर मात्र घर बस्ती बसाल्नु पर्छ।
Advertisement 3
पहिरो जान सक्ने संभावित चेतावनी का संकेतहरु के के हुन्?
* मुल मुहान र चिस्यान भएको जमिन र पहिले सुख्खा भएको जमिन हाल रसिलो बनेको छ भने यसले पहिरो को संकेत गर्छ।
* जमिन भासिने, पहिले नभएको ठाऊँमा खाल्डाखुल्डी हुने
* भिरालोजमिनमा सतहको माटो आफसे आफ तल झरि रहेको छ भने पनि यो पहिरो को संकेत हो।
* कंक्रिट गरेको, तारजाली गरेको, मेसिनरी वाल लगाएको जमिन बाङ्गिनु
* रोड भासिनु
* बिजुलीको वा अन्य कुनै पोल, रुख बाङ्गिनु
* पानी परिरहेको छ, भल बगिरहेको छ र पानी नरोकिकन भल रोकियो भने यसले पहिरोको संकेत गर्छ साथै पानी एकनासले परिरहेको छ भल बगिरहेको छ र वर्षा बढेको छैन तर एक्कासी ठुलो भल आयो भने पनि यसले पहिरो को संकेत गर्छ।
* घरहरुका झ्याल ढोका बढि टाँसिने बाग्गिने भएमा वा झ्याल ढोकाका खापा बाङ्गिएर भित्र बाहिर देखिन सक्ने भएमा (पसाङ्गिएर हैन)
* वर्सातको समयमा ढुङ्गाहरु ठोकिएको आवाज बिस्तारै बढ्दै गयो भने बुज्नुस् तपाईको वरपर पहिरो जाँदैछ…..
* साधारणतया पहिरो जान सक्ने क्षेत्रहरु कुन –कुन हुन?
* पुरानो पहिरो भएको ठाउँ
* भिरालो जमिनको टप र फेद
* खहरे खोला खोल्सा कुलो खोँच को आधार क्षेत्र
* कुनै भर्खर माटोले पुरिएको वा माटो कटिङ गरिएको क्षेत्रको टप र आधार भाग
* विकसित पहाडी भुभाग जहाँ ढलनल र सेप्टिक सिस्टम प्रयोग गरिएको हुन्छ भने सो ढल नल र सेप्टिक सिस्टम समेत पहिरो जोखिम को क्षेत्र नबन्ला भन्न सकिन्न
* नदि किनार भिरालो छ र नदिले लगातार कटान गरिराखेको छ भने सो किनाराको भिरालो क्षेत्र समेत पहिरो जोखिम पुर्ण रहन्छ
पहिरोको दृष्टिले सुरक्षित क्षेत्र
* कडा र जोर्नी नभएको बेडरकको क्षेत्र
* तुलनात्मक रुपमा समथर जमिन जुन भिरालो जमिन देखि टाढा छ
* पर्वतश्रेणीको माथिल्लो भाग वा नाक
पहिरोबाट जोगिन के गर्ने?
* ठाडो भिरालो जमिन, डाँडाको किनारको भाग,कुल कुलेसा,खोल्सा, खोँच र भु–क्षय भएको क्षेत्रको नजिक घर नबनाउने
* घर जग्गा जमिनको भौगर्भिक परिक्षण गराउने
* आफ्नो वरपरको कुल कुलेसा, भलेसो, खोला नदि यिनिहरुको बहाव , क्षमता र अवस्था बारे थाहापाई राख्ने र अवस्था पहिचान गरी सोहि अनुसारको तयारी गर्ने वा सचेतना अपनाउने
* आफ्नो क्षेत्र वरपरको उद्दार राहत आकस्मिक सेवा र योजना कस्तो छ त्यसबारेमा जानकार रहने
पहिरो जाने समयमा के गर्ने?
* सचेत र जाग्राम रहने रात मा ढुक्कले नसुत्ने, रेडियो टेलिभिजन मा समाचार नियमित सुन्ने, मोबाईल अफ नगर्ने, मौसम सम्बन्धि जानकारी हेर्ने र सुन्ने बानी गर्ने भारी वर्षा हुने र सचेत रहन आग्र गरिएको समयमा सत्रकता पुर्वक बस्ने।
* तपाई पहिरो प्रभावित वा जोखिम को क्षेत्रमा हुनुहुन्छ भने ख्याल गर्नुस् तपाई जतिबेला पनि यो ठाउँबाट हिड्नुपर्ने हुनसक्छ र त्यसरी नै आफुलाई तयार राख्नुस्। ठुलो पानी परेको हावाहुरी चलेको समयमा सकेसम्म ड्राईभ नगर्नुस्।कहिँ कतेपहिरो गएको छ भने यसको बाटो पर्ने क्षेत्रबाट आफुलाई टाढा राख्नुहोस्।
* नियमित सुनिने भन्दा नितान्त फरक गड्याङ्गुडुङ को आवाज आयो वा जमिनथर्केको जस्तो लाग्यो भने पहिरो झरेको पनि हुन सक्छ यस्तो बेला नहड्बडाउनुस् पहिला आफु परिवार जोगाउने तिर लाग्नुस् नकि सम्पति जोगाउन तिर।
* तपाई खहरे खोला , नदि वा तालको वरपर बस्नुहुन्छ भने तिनिहरुमा पानिको सतह आकस्मिक बढ्दा वा आकस्मिक घटेमा पनि सचेत बनि हाल्नुस् साथै खोला नदी धमिलो भएमा पनि सतर्क रहनुहोस्।खोला लेदो सहितको धमिलो देख्नु भयो भने तुरुन्त त्यहाबाट निस्किहाल्नुस्।
* भुकम्प प्रभावित क्षेत्रमा हुनुहुन्छ भने मनसुन सिजनमा सतर्क रहनुस् किनकी भुकम्पको झड्काले त्यस क्षेत्रको जमिन कमजोर बनाएको तथा जमिनमा धाँजा फाटेको हुनसक्ने हुनाले सो क्षेत्रमा पहिरो जान सक्छ। स्मरण रहोस् सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्ला मा भुकम्प पछिको मनसुनमा पहिरो गएको थियो।
.आकस्मिक पहिरो आईहाल्यो भने के गर्ने?
तुरुन्त पहिरो झरिरहेको ठाउँबाट निस्कि हाल्नुस् र वरपरको सबभन्दा सुरक्षित ठाउँमा जानुस, छिमेकी, सम्भावित प्रभाबितलाई खबर गर्नुस्, पुलिस प्रशासन,रेडक्रसलाई खबर गर्नुस्,यदि तपाई भाग्दा भाग्दै पहिरो आयो भने शरीरलाई गोलो बनाएर टाउको जोगाउनुस्। ज्यान जोगाउनुस् न कि सम्पत्ति।
आगलागि/वनडढेलो
ठुलो क्षेत्रमा विनाशकारी ढङ्गले वन, झाडी वा बस्तिमा फैलिएको आगोलाई आगलागि भनिन्छ, वनमा लागेको आगो वन डढेलो हो।आगोले आफ्नो अगाडी परेका बोटबिरुवा, पशुपन्छी, घर बस्ती तथा मानिसलाई समेत जलाएर नष्ट गरिदिन्छ।त्यसैले डढेलो विनाशकारी र भयानक विपद् हो।यो मौसमजन्य विपद् हो र बढी मानवीय कृयाकलापले गर्दा हुने गर्दछ र विशेष गरेर हावाहुरी चल्ने र गर्मी को मौसममा जंगलमा फैलिएमा नियन्त्रण गर्न मुस्किल हुन्छ। साथै काठ र जस्ता÷टिन ले बनेका घरहरुमा फैलिएमा पनि छोटो अबधिमै धेरै ठुलो क्षेत्रमा फैलिएर पुरै बस्ती नै नष्ट गरिदिन्छ।विश्वमा हुने आगलागि मध्ये ८५% आगलागि मानविय कारणले हुने गर्दछ भने बाँकि मात्र प्राकृतिक कारणले हुने गर्दछ। ज्वालामुखी विस्फोटन, चट्याङ÷बिजुली चम्काँदा,उल्का वर्षा वा अन्य कुनै आकाशिय पिण्ड जमिनमा खस्दा पनि आगलागि हुन सक्दछ। यी आगलागि हुने प्राकृतिक कारणहरु हुन्। भने पछिल्लो समय चुरोटका ठुटा जथाभाबी फ्याक्नाले आगलागी का घटनाहरु धेरै हुने गरेको पाइएकोछ।
पिकनिक,बनभोज पछि आगो ननिभाउने, खोरिया पोल्ने क्रममा हावाले उडाएर वनमा आगो लाग्ने गरेको छ भने कतिपय ठाउँमा घाँस, जंगली जन्तुको आदि कारणले नियतवश आगो लगाएको समेत भेटिएको छ। पछिल्लो समय पुर्वको पाथिभरा क्षेत्रमा फैलिएको आगो ७ दिनमा बल्लबल्ल नियन्त्रनमा आएको थियो भने पछि ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा सल्केको आगोले ६० वटा घर जलाएर पुर्णक्षति गरिदिएको थियो। पथिभरा मन्दिरमा लागेको आगोले मन्दिर नै जलाउने सम्भावना भएपछि सिम्रिक एयरको हेलिकप्टरबाट बिशेष बकेट मार्फत पानीको फोहरा दिई मन्दिर जल्नबाट जोगाईएको थियो भने दोभानको आगो नियन्त्रणका लागि स्काभेटर प्रयोग गरि घर लडाईएको थियो। पहाड हुन् या शहरमा जोडिएर बनाईएका घरहरु एक घर बाट अर्को घरमा आगो सहजै जान सक्छ यदि संयमतापुर्बक बिचको घर लडाइदिने हो भने बाँकि घरहरु सुरक्षित रहन सक्छन्। बाक्लो बस्तिको बिचमा एउटा पोखरी र दमकल आवश्यक छ भन्ने पाठ दोभान को घटनाले सिकाएको छ।
अस्ट्रेलियाको बुश फायर,अमेजनको आगलागी,क्यालीफोर्नियामा हुने आगलागी हेर्दा यी विषम मौसमका कारण भएको देखिन्छ, सुख्खा,खडेरी, अति गर्मी र हावाहुरी आगलागिका लागि सहायक मौसमी अवस्था हुन्। साधरणतया प्रिमनसुन सिजन (मार्च–मे)मा हावाहुरी चल्ने,चट्याङ पर्ने हुन्छ भने गर्मी पनि बढि नै हुने गर्दछ।यो समयमा आगलागि र चट्याङको जोखिम बढि हुने गर्दछ।
आगलागिबाट जोगिन के गर्ने?
* सलाई लाइटर चुरोटका ठुटा जथाभाबी नफाल्ने
* पिकनिक बनभोज क्याम्पफायर गरेर सकेपछि आगो राम्रो सँग निभाउने
* घरको बिजुलीको वाएरिङ सर्ट छ कि छैन बेला बेला चेक गर्ने
* खाना पकाउने ग्यासको प्रयोग पछि रेगुलेटर बन्द गर्ने साथै ग्यास लिक छ कि छैन चेक गर्ने
* दियोमा बत्ति बाल्ने चलन छ भने वरपर जल्ने बस्तु छ छैन, कत्तिको तातेको छ, ढल्ने सम्बावना छ छैन नियमित हेर्ने
* सुत्नु अघि बत्ती, मैनबत्ति, टुकी दियो आदि निभाएर सुत्ने, सानो आगो छ भनेर आगोलाई लापरबाहि नगर्ने सानो आगोले ठुलो रुप लिन सक्छ
* पेट्रोल डिजेल, मट्टितेल जस्ता प्रज्वलनशिल पदार्थ घर पसलमा छन् भने तिनको वरपर आगो नबाल्ने
* साना नानीबाबुलाई सलाई लाईटर जस्ता प्रज्वलनशील वस्तु नदिने
* जाडो महिनामा गाउँघर वा सहरबजारमा समेत आगो ताप्ने चलन छ, आगो तापिसकेपछि आगो राम्रोसँग निभाउने
* खोरिया पोल्ने भनेर आगो लगाउने चलन या बानी राम्रो होईन
* कहीँ कतै वन्यजन्तु को शिकार गर्न या वन्यजन्तुको भय कम गर्न र घाँस पलाउँछ भनेर समेत वनमा आगो छोड्ने गरेको पाईएको छ, यो विलकुल गलत कार्य हो यसलाई तुरुन्त रोकिहालौँ
* हाम्रा बिजुलीका ट्रान्समिसन लाईनहरु पनि आगलागिका जोखिम रहित छैनन्, बेला बेला हावाहुरी चल्दा पोल ढलेर वा ट्रान्मिसन लाईन जोडिएर समेत आगलागी भएको पाइएको छ, यस्तो जोखिम कम गर्न सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस्।
* गाउँघरतिर परालको टौवा, फुसका घर, गोठको नजिक आगो नबालौँ
* तपाईको घर÷पसलमा कपडा, काठ, जस्ता,ग्याँस, नल पराल, भुस, कपास , डिजेल , पेट्रोल र अन्य पर्जोलनशील पदार्थ र सजिलै र छिटो बल्ने वस्तु छन् भने सचेत रहनुहोस्।
* न्याचुरल ग्यास भएको ठाउँ आगलागिबाट सुरक्षित बनाउनुपर्छ।
* डिजेल पेट्रोल पम्प वरपर चुरोट खाने, वा अन्य आगो बाल्ने कार्य गर्न हुँदैन
* घरमा फ्युजको अनिवार्य प्रयोग गर्नुपर्छ
माथीको उपाय अबलम्बन गर्दा गर्दै केहि कारणबश भुलबश आगलागी भइहालेमा आगो नियन्त्रणमा लिईहाल्नुपर्छ।एक बजार एक पोखरी को निति लिई गाउँ घरको बिचमा पोखरी खन्ने गरौँ। कतिपय ठाऊँमा दमकल भएर पनि वरपर पानीको स्रोत नहुँदा पानी भर्न जानै लामो समय लागि सो समयभरमा ठुलो क्षति पुगेको भेटिएको छ।दमकल र एम्बुलेन्स अत्याबश्यकिय सेवाजन्य साधन हुन् यिनको व्यवस्थापन स्थानिय सरकारले जनघनत्व र वस्तिको अनुपातमा व्यवस्थित गरुन्÷गर्नुपर्छ।वनमा आगो लागिहालेमा स्थानिय प्रहरी सेना समेत मिलेर आगो नियनत्रणमा लिनुपर्छ।जो कोहिले आगो लागेको देख्ने बित्तिकै प्रहरी प्रसासन र वरपर सबैलाई खबर गरिहाल्नुपर्छ।वनले हामिलाई प्राणवायु अक्सिजन दिन्छ, वन्यजन्तुको सुरक्षति वासस्थान हो, कार्वनडाईअक्साईड सोसेर वायुमन्डललाई स्वच्छ राख्छ,घना जंगलले पहिरो भुक्षय हुनबाट जोगाउँछ, जैविक विविधता जोगाउँछ,विविध पशुपन्छिलाई वास दिई पर्यावरणलाई र पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्छ र हामी बसेको वातावरण बस्नलायक बनाईराख्छ।तसर्थ वन हाम्रो जीवन जिविका र स्वास्थ्यसँग सम्बन्धित छ। त्यसैले वन जोगाऔँ।वनमा आगो लाग्दा वन वनस्पति, चराचुरुङ्गि, घाँसपात,जडिबुटी,पशुचौपाय सबै जल्छन्, त्यहाँबाट निस्केको धुवाँ खरानिले वायुमन्डल दुषित हुन्छ र हाम्रो वरपरको वातावरण बस्न लायक रहँदैन।त्यसैले बेलैमा आफु, आफ्नो परिवार र समाजको स्वास्थ्य र जिउधनको सुरक्षाको लागि सचेत बनौँ।
हावाहुरी,मेघगर्जन/चट्याङ
हावाहुरी, हुरिबतास /आँधिबेहरीः हामीलाई थाहा छ सुर्य नै पृथ्वीको लागि ताप र प्रकाशको स्रोत हो। सुर्यबाट प्राप्त तापले गर्दा नै तातिएर हावा एक ठाउँबाट अर्को ठाउँमा बहने गर्दछ।सामान्य गतिभन्दा बढि गतिमा बहने हावा नै हावाहुरी हो।यसको गति बढ्दै जाँदा यो विनाशकारी हुन्छ र विपद्को रुप लिन्छ। ठुलो आँधिबेहरी,मेघगर्जन/चट्याङको मुख्य कारक क्युमुलोनिम्बस बादल हो। यो बादल श्रीपेच जस्तो उठेको र वायुमन्डलको तल्लो तहदेखि धेरैमाथिसम्म फेलिएको हुन सक्छ।यसले ठुलो मुसलधारे पानी पार्ने मेघजर्जन/चट्याङ, हावाहुरी चलाउने, असिना पार्ने र कहिले काही, टोर्नाडो( नेपाली नाम घुम्रपात) समेत गराउन सक्छ, जुन असाध्यै विनासकारी हुन्छ।१७ चैत २०७५ को साँझ बारा पर्सा को फेटा क्षेत्रमा गएको ठुलो आँधिबेहरीमा परी ३० जनाले ज्यान गुमाएका थिए भने ११०० भन्दा बढि घाइते भएका थिए साथै ८ वटा गाउँका २८०० परिवार घरवारविहिन हुनपुगेका थिए। ऊक्त हावाहुरी नेपालको पहिलो टोर्नाडो भएको पुष्टि जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालको संयुक्त वैज्ञानिक अध्ययनले गरेको थियो र सो अध्ययन प्रतिवेदनले टोर्नाडो को नेपाली नाम घुम्रपात दिएको थियो।वायुमन्डलीय हावाहुरीको स्वरुप मध्यको भयानक रौद्ररुप नै टोर्नाडो (घुम्रपात) हो।टोर्नाडो(घुम्रपात)आउँदा हात्तिको सुँड वा सोली जस्तो बादल जमिनसम्म आउँछ र निमेषभरमा सबै बढारकुडार गरिदिन्छ। प्रायजसो यसको गति १८०कि.मि. प्रतिघन्टा भन्दा कम हुन्छ र केहि किलोमिटरको क्षेत्रमा फैलिन्छ ।
बिफोर्ट स्केल अनुसार हावाको गति र विवरणः
स्प्रिङ र समर सिजनमा क्युमुलोनिम्बस बादल ले हावाहुरी मेघगर्जन र चट्याङ गराउँछ। बादलमा भएका ईलेक्ट्रोन र प्रोर्टोन ध्रुबिकरण भई एकआपसमा ठोकिँदा आउने आवाज मेघगर्जन हो भने सो ठककर हुनँदा पैदा भएको डिस्चार्ज नै बिजुलि चम्केको हो सो डिस्चार्ज जमिन सम्म आइपुग्नुलाई चट्याङ भनिन्छ। हाम्रो देशमा वर्षेनी चट्याङको कारण मानिसको ज्यान जाने तथा पशु चौपायमा क्षति पुग्ने गरेको छ भने बेला बेला चट्याङका कारण आगलागि समेत हुने गर्दछ। बेलैमा होस पुर्याउन सके चट्याङबाट जोगिन भने सकिन्छ । सामान्य गट्याङगुडुङ गर्न थाले पछि घर भित्र बस्ने गर्नु पर्छ बने प्रत्येक घरमा अर्थिङ गर्नुपर्छ।
गडयाङगुडुङ गर्ने बेला रुख पोल टावरको वरपर बस्न हुँदैन। गडयाङगुडु. गर्न सुरु गरेपछि विध्दुतिय सामानहरु अफ गर्नुपर्छ।
यसरी हेर्दा मानिसले निर्माण गरेका संरचनाले नै हरेक विपद्मा मानिसको मृत्यु संख्या बढि हुने गरेको हुनाले विपद् सुरक्षित घर निर्माण गर्नुपर्ने देखिन्छ। घर बनाउँदा भुकम्प सुरक्षा मापदण्ड पुरा गरेर निर्माण गर्ने, घरमा धेरै काठ, खर, जस्ता, पराल, छवाली फुस प्रयोग नगर्ने। चुरोटका ठुटा जथाभावि नफ्याँक्ने,प्रयोग गरेपछि आगो राम्ररी निभाउने, वनमा आगो नछोड्ने,आगो लागि हालेमा तुरुन्त निभाउने, पक्की घर बनाउने। यदि कोहि पक्की घर बनाउन नसक्ने छन् भने सरकारले पहिचान गरि उसको घर बनाइदिनुपर्छ किनकि आवासको हक मौलिक हकको रुपमा संविधानमा नै राखिएको छ।प्रत्येक घरमा अनिवार्य अर्थिङ गर्ने र अनिवार्य फ्युज राख्ने,विपदमा आफु सुरक्षित भइ अरुलाई सुरक्षा दिन सके मानवीय क्षति कम गर्न सकिन्छ।