राजेश्वरले सुर्धालान त काठमाडौं महानगरपालिकाको गुमेको साख ?
विद्यासुन्दर शाक्यजस्ता मेयरहरु किन पटक पटक विवादमा आउँछन् ? कारण एउटा यो पनि हो त्यहाँका बदनाम र विवादित कर्मचारी ।
जस्तो हिजोका दिनमा एक जना बहुपत्नीवाला कर्मचारीका कारण वदनाम भए विद्यासुन्दर ।
ज्ञानेन्द्र कार्की र बदनाम ठेकेदार मनोज भेटवालका कारण बिबादमा तानिए उनी ।
हालै मात्र राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीयको जिम्मेवारी दिइएको छ ।
यस अघि काठमाडौं महानगरपालिकामा सचिवको दरबन्दी रहदै आएको थियो ।
तर एकनारायण अर्याललाई त्यहाँबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएपछि त्यहाँ सचिवको दरबन्दी कटौती भएको छ ।
त्यहाँ अब सह सचिवको मात्र दरबन्दी कायम भएको छ । यो सँगै अब देशैभरका महानगरपालिकामा सह सचिवकै दरबन्दी कायम भएको छ ।
प्रकाशित :२०७७ कार्तिक २६, बुधबार ११:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%