ओली शासनमा लखेटिएका सचिव आजबाट भूपू
एमाले अध्यक्ष केपी ओलीको कार्यकालमा सबैभन्दा बढी लखेटिएका र स्वयं एमालेनिकट एक सचिवले आजबाट अवकाश पाएका छन् । ३२ बर्ष सरकारी सेवामा व्यतित गरेका केदार न्यौपाने गृह प्रशासनका अनुभवी कर्मचारी हुन् जसलाई ५८ बर्षे उमेर हद लागेको छ ।
Advertisement 1
ओलीको कार्यकालभर उनको क्षमता र विज्ञताको कहिल्यै कदर भएन । बरु उनैका दाइ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने उग्र राजावादी भएर पनि ओलीलाई बचाउन पटकपटक सर्वोच्च अदालतमा उभिए । केदारले गृह प्रशासन र विकासे मन्त्रालय त पाएनन् नै बरु एक बर्षमा ४ पटकसम्म सरुवा भएको तीतो अनुभव बोक्नुपर्यो ।
ओली प्रधानमन्त्री भएसँगै प्रदेश नम्बर एकको सचिवबाट काठमाडौं महानगरपालिका र भूमिव्यवस्था मन्त्रालयमा पुर्याइएका उनी ०७७ साउनमा प्रधानमन्त्री कार्यालयतिर तानिएका थिए । त्यहाँ महिनौंसम्म अतिरिक्त समूह (जगेडा) मा थन्काइयो र उपराष्ट्रपति कार्यालय हुँदै युवा तथा खेलकुद मन्त्रालयमा पुर्याइयो ।
Advertisement 2
यससङ्गै दशैंअगावै चार सचिव पद रिक्त हुने भएको छ । अघिल्लो साता नेपाल ट्रष्टको कार्यालय सचिव राजेन्द्र खनालले अवकाश पाइसकेका छन् ।
आगामी साता महालेखा परीक्षक टंकमणि शर्माका सहयात्री उप–महालेखा परीक्षक बाबुराम गौतम र ईश्वर नेपाल अनिवार्य अवकाशमा जाँदैछन् ।
चार सचिव रिक्त भएसँगै सचिवमा उक्लने लाइनमा रविलाल पन्थ, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला प्रशासनतर्फबाट, गोपाल सिग्देल,सुरजकुमार बैद्य र रामाआधार साह प्राविधिक सेवाबाट प्रतिष्पर्धामा देखिन्छन् ।