स्वास्थ्य मन्त्रालयले भन्यो :- बढुवाका लागि २५ असोजभित्र आफ्नो व्यक्तिगत विवरण बुझाउनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तहमा बढुवाका लागि निवेदन माग गरेको छ । मन्त्रालयको गत असोज ८ गते शुक्रवारको निर्णय अनुसार,स्वास्थ्य सेवाको अधिकृत (बाह्रौं तह)मा बढुवाका लागि आवेदन माग गरिएको हो । ११ तहमा बढुवा भएको र असार मसान्तसम्ममा पाँच वर्ष अवधि पूरा गरिसकेका स्वास्थ्य सेवाका कर्मचारीहरुले आगामी २५ असोजभित्र आवेदन पेश गर्नुपर्नेछ ।
मन्त्रालयको बाह्रौँ तहमा तीन पद रिक्त छ । सो पदमा कार्यसम्पादन क्षमताका आधारमा बढुवा गरी पदपूर्ति गर्न लागिएको जनाउँदै सो पदमा बढुवाको प्रक्रिया अघि बढाएको हो ।

Advertisement 1

No description available.
मन्त्रालयले बढुवाका लागि मन्त्रालयको वेव साइडमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणीत गरी आगामी २५ असोजभित्र मन्त्रालयको प्रशासन शाखा (बढुवा)मा बुझाउन सूचना निकालिएको छ ।
अहिले स्वास्थ्य सेवाका ११ औ तहमा २८ जना सिनियर कर्मचारी कार्यरत छन् ।

प्रकाशित :२०७८ आश्विन १०, आईतवार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry