भूमि प्रशासनको सेवा प्रवाहमा गुनासो नआउने गरि काम गर्न आग्रह

 

Advertisement 1

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले भूमि प्रशासनबाट प्रवाह हुने सेवा जनतासंग प्रत्यक्ष रुपमा सरोकार हुने हुनाले मालपोत र भुमि सुधार कार्यालयहरुवाट गुनासो नआउने किसिमबाट प्रभावकारी रुपले सेवा गर्न प्रमुख मालपोत अधिकृतहरुलाई अनुरोध गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागव्दारा आयोजित मालपोत र भुमि सुधार कार्यालयका कर्चार्मचारीहरुको क्षमता अभिवृध्दि कार्यक्रममा सचिव डा. रेग्मीले सो कुरा बताएका हुन् ।परम्परागत कार्यशैलीलाइ परिवर्तन गर्दै भूसुचना सेवालाई प्रभावकारी वनाउदै विभागले विकास गरेको विद्युतीय सूचना प्रणालीको प्रयोग सेवाग्राहीले आफै प्रयोग गर्न सक्ने गरि भमि प्रशासनको सेवालाई पारदर्शी र झन्झटमुक्त बनाउन उनले आग्रह गरे ।

Advertisement 2

सवै जग्गाधनीहरुले आफ्नो भूस्वामित्वको एसएमएस एलर्ट नम्वर तत्काल वितरण गर्ने राजस्व अभिवृध्दिमा भूमि प्रशासनको योगदान वृध्दि गर्ने वैज्ञानिक भूसूचना प्रणालीको विकास गर्ने र कार्यालयहरुको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन नवीनतम उपायहरुको अवलम्बन गर्न पनि उनले आग्रह गरे ।

भूमि प्रशासनको सेवा प्रवाहमा गुनासो नआउने गरि काम गर्न समेत उनले आग्रह गरे । विभागका महानिर्देशक पद्मनिधि सोतीले भूमि व्यवस्थापन तथा अभिलेख विभागले मातहतका सवै कार्यालयहरुवाट गुनासो नआउने गरि काम गर्न निर्देशन दिएका थिए । कार्यक्रममा कार्यालय प्रमुखहरुले कार्यालयले सेवा प्रवाहको सुधारको लागि अपनाएका विधिहरु वारे प्रकाश पारेका थिए ।

Advertisement 3

विभागका निर्देशक रोशनशंकर घिमिरेले जग्गा प्रशासनका चुनौतीहरुवारे र निर्देशक राजकुमार महर्जनले जग्गा प्रशासनमा सूचना प्रविधिको प्रयोगवारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित :२०७९ पुष १५, शुक्रबार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry