नेपाल प्रहरीमा ३ सय ६० जनालाई जागिर खुल्यो

नेपाल प्रहरीले ३ सय ६० जनशक्ति माग गर्दै नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले विज्ञापन खुलाएको हो।

Advertisement 1

विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडी गरी ३ सय ६० जनशक्ति माग गरेको हो। १८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।कार्यालयका अनुशार ९ जना माली/बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ÷बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि माग गरिएको छ ।खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला/पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ।

Advertisement 2

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुस ६ गतेसम्म ७७ वटै जिल्लाका प्रहरी कार्यालय र प्रदेशका विभिन्न तालिम केन्द्रहरुबाट आवेदन दिन सक्ने छन्।

प्रकाशित :२०७७ कार्तिक २१, शुक्रबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry