संघमा कार्यरत राप तृतीय श्रेणीका कर्मचारीहरुलाई तीस दिने तालिमको अवसर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको जनशक्ति योजना तथा विकास शाखाले संघमा कार्यरत राप तृतीय श्रेणीका कर्मचारीहरुलाई तीस दिने सेवाकालिन तालिम दिने भएको छ ।
मन्त्रालयका शाखा अधिकृत प्रवीण कोइरालाद्धारा जारी सूचना अनुसार,आगामी मंसिर महिनादेखि शुरु हुने तालिमका लागि भाग लिने इच्छुक कर्मचारीहरुले आगामी कार्तिक २६ गतेभित्र इमेल गर्न भनिएको छ ।
सूचना अनुसार इच्छुक कर्मचारीहरुले नाम,थर,पद,सेवा वा समूह,हालको पदमा नियुक्ति पाएको मिति,हाल कार्यरत निकाय भरेर पठाउनु पर्नेछ ।
प्रकाशित :२०७७ कार्तिक २०, बिहीबार १५:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%