लोकसेवाद्धारा ६३१ अधिकृतका प्रत्याशीको भविष्यमाथि खेलवाड

न्यायको साधरण सिद्धान्त हो,एउटा पक्षलाई न्याय दिँदा अर्काे पक्षमाथि अन्याय गर्नु हुँदैन् । सोमबार लोकसेवा आयोगले सर्वाेच्चका आदेशपछि संघमै समायोजन भएका शाखा अधिकृतलाई न्याय दिने नाममा लोकसेवाका सबै परीक्षाका चरण पार गरी अन्तिम नतिजाका पर्खाइमा रहेका सयौं कर्मचारीलाई अन्याय पर्ने भएको भन्दै चिन्ता पोख्न थालिएको छ ।

Advertisement 1

लोकसेवा आयोगले शाखा अधिकृतको नतिजाका पर्खाइमा रहेका युवा युवतीहरुलाई झड्का लाग्ने गरी सूचना प्रकाशन गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशन गर्दै अधिकृतको नतिजा प्रकाशन स्थगन गरेको जनाएको छ ।लोकसेवा आयोगको सोमबारका एक सूचनाका कारण ६३१ प्रत्याशीको भविष्य अन्योलमा परेको छ । सर्वाेच्च अदालतको आदेशलाई कारण देखाउँदै लोकसेवाले सोमबार एक सूचना प्रकाशन गर्दै लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगित गरेको जनाएको छ । आयोगको यो सूचनाका कारण नतिजाको अन्तिम पर्खाइमा रहेका ६३१ प्रत्याशी मारमा परेका हुन । आयोगले ०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन अन्तिम समयमा सूचना प्रकाशन गर्दै सम्पूर्ण प्रक्रिया पार गरिसकेका ६३१ प्रत्यासीको भविष्यमाथि खेलवाड गरेको हो ।

आयोगका सूचना अनुसार,आयोगले विज्ञापन नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको नतिजा प्रकाशन स्थगन गरिएको हो । लोकसेवाको यो निर्णयबाट  संघको दरबन्दी लुकाएर प्रदेश र स्थानीय तहतिर लखेटिएका अधिकृतहरुलाई भने राहत मिलेको छ ।

Advertisement 2

 


सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेसँगै ती प्रत्याशीको भविष्यमाथि आयोगले खेलवाड गरेको छ ।

Advertisement 3

 

प्रकाशित :२०७८ भाद्र २९, मंगलवार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry