/* google adsense */

१३ सचिवसहित २ हजार ३ सय ८४ कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

यस आर्थिक बर्षमा १३ सचिवले अनिवार्य अवकाश पाउने भएका छन् । निजामती सेवाका १३ जना विशिष्ठ श्रेणीका कर्मचारीले यो बर्ष उमेर हद लागेर घर जाने भएका हुन् । निजामती किताबखानाले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक बर्षमा १३ सचिवसहित २ हजार ३ सय ८४ कर्मचारीले अनिवार्य अवकाश पाउने भएका हुन् ।

निजामती किताब खानाको सूची अनुसार साउनमा मात्र ४ जना सचिव उमेर हद लागेर घर जानेछन्,असोजमा २,कार्तिकमा २,माघमा २ सचिव घर जानेछन् । यस्तै ७९ जेठमा ३ सचिवले अनिवार्य अवकाश पाउनेछन् ।
किताबखानाले प्रकाशन गरेको सूची अनुसार,यो आर्थिक बर्षमा सञ्चार सचिव हरिप्रसाद बस्यालसहितका सचिवले अवकाश पाउँदैछन् । बस्यालले आजै ५८ बर्षे उमेर हद लागेर अवकाश पाउँदैछन् ।
यस्तै,साउन १५ मा कानुन सचिव ऋृषिराम भण्डारी,साउन २४ मा राजश्व सचिव रामशरण पुडासैनी,साउन २६ मा प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद पौडेलसहितका ४ जना घर जाँदैछन् ।
यस्तै, नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्र प्रसाद खनाल असोज ९, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने असोज १२ र महालेखा परिक्षकको कार्यालयका उप महालेखा परीक्षक बाबुराम गौतम कात्तिक ५ मा अनिवार्य अवकाश पाउदैँछन् ।

यस्तै महालेखा परीक्षकको कार्यालयका उप महालेखा परीक्षक इश्वर नेपाल कात्तिक ५, उच्च अदालतका सचिव राजन ढुंगना माघ ६,अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना माघ २०, हाल उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ०७९ जेठ ४ गते अवकाश पाँउदैछन् । यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा जेठ १९ र लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाई असार २२ मा अनिवार्य अवकाश पाउने सूचीमा छन् ।

nijamati

 

 

 

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १०:४१

प्रतिक्रिया दिनुहोस्