“करारका कर्मचारी नहटाऊ”

करारका कर्मचारी नहटाउनका लागि राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ । हालैका दिनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाउँदै उस्ले करारका कर्मचारी नहटाउन आग्रह गरेको हो ।

Advertisement 1

कतिपय तहमा दरबन्दी नतोकिएका वा अति जरुरी भएकाबाहेक अन्य कर्मचारी नियुक्त गरिएको अवस्थामा भने उनीहरुलाई तुरुन्त हटाइन सो पार्टीले आग्रह गरेको छ । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक कोष जुटाउन प्रशासनिक क्षेत्रको खर्च कटौती गर्ने सरकारको नीति सही भएपनि ती निकायमा भएका अन्य अनावश्यक खर्चबाट कर्मचारीलाई कायम राख्न सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमा जनाइएका छन् ।

कतिपय गाउँपालिका तथा नगरपालिकामा सरकारले अझै दरबन्दी अनुसार कर्मचारी पठाउन नसकेको स्थितिमा ती तहले आवश्यकतानुसार करारमा नियुक्ति गरेका कर्मचारीलाई हटाउनु सही नहुने जनाएको हो ।

प्रकाशित :२०७७ भाद्र ६, शनिबार ०९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry