सार्वजनिक बिदामा पुनरावलोकन नभए अब सरकारी कर्मचारीले पाउनेछन बार्षिक १४५ दिन बिदा

पूर्व प्रशासकहरुले नेपालमा सार्वजनिक बिदा अत्याधिक भएको भन्दै चिन्ता व्यक्त गरिरहेको समयमा सरकारले आगामी जेठदेखि सातामा दुई दिन सर्वाजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको क्याविनेट बैठकले आगामी जेठ १ गतेदेखि लागू हुने गरी सातामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हप्तामा ४० घण्टा काम गर्नेगरी सरकारले सातामा दुइ दिन सार्वजनिक बिदा दिने भएको हो ।
उसै पनि नेपालजस्तो मुलुकमा सार्वजनिक बिदाको संख्या अधिक छ । सरकारले राजपत्रमा प्रकाशन गरेको ०७९ सालका पर्व तथा सार्वजनिक बिदाको विवरण अनुसार शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिइने भएको छ । यो बर्ष ५२ वटा शनिवार परेका छन् । ती दिन पनि सार्वजनिक बिदा हुनेछ ।यस्तै आइतबार पनि बिदा थपिँदा अरु ५२ दिन सार्वजनिक बिदा हुनेछन् । अहिले दिइरहेको सार्वजनिक बिदाको पुनरावलोकन नहुने हो भने सरकारी कर्मचारीहरुलाई बर्षमा झण्डै १४५ दिन विदामा बस्न पाउनेछन् ।
राजपत्रमा प्रकाशित भएको सूचना अनुसार,२० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पर्नेछ । यस बर्ष दशैं बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ ।आगामी बर्ष दशैंको बिदा एक दिन अरु थपिएको छ ।

Advertisement 1

यस्तै, पाँच दिन तिहार विदा दिइएको छ । कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । यस्तै तीन दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु दुइ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।

विदेशस्थित नेपाली नियगले भने सम्बन्धित मुलुकका सार्वजनिक बिदालाईसमेत ध्यानमा राखेर बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।

Advertisement 2

नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशको धर्म, संस्कृति र रितिस्थितिसमेतलार्य ध्यानमा राखेर घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।
सरकारी कर्मचारीहरुले यी बिदाका अलवा वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन् ।
यस्का अलवा जागिर अवधिमा उनीहरुले तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदा समेत पाउनेछन् । यद्यपि यो बिदा सबै कर्मचारीले उपयोग गर्दैनन् ।
हप्तामा दुई दिन बिदा नेपालका लागि नौलो होइन । पूर्व प्रशासकहरुका अनुसार यो ०५० को दशकमै पूर्णरुपमा असफल भइसकेको अभ्यास हो । त्यससमयमा पनि कार्यालय बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय तोकिएको पूर्व मुख्य सचिव विमल कोइराला स्मरण गर्दछन् ।

प्रकाशित :२०७९ बैशाख १४, बुधबार १५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry