एनएमबी बैंक र भिसाबीच सम्झौता, विदेशमा रकम पठाउन थप सहज हुने

काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप सहज बनाउन भिसासँग सहकार्य गरेको छ। बैंकले भिसाको ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको हो।
Advertisement 1
सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्ने बैंकले जनाएको छ। भिसाको उक्त प्रविधिमार्फत विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा रकम स्थानान्तरण सेवा सञ्चालन हुँदै आएको छ।
यस सेवाले अन्तर्राष्ट्रिय रकम पठाउने प्रक्रियालाई थप सहज, भरपर्दो र सुरक्षित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। परम्परागत रकम स्थानान्तरण प्रक्रियामा लाग्ने झन्झट कम गर्दै ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्न सहज बनाउने यसको उद्देश्य रहेको छ।
Advertisement 2
भिसा डाइरेक्ट टु अकाउन्ट सेवामार्फत रकम प्राप्तकर्ताको बैंक खातामा पठाउन सकिने व्यवस्था छ। यसले विदेशमा रहेका व्यक्ति वा संस्थालाई रकम पठाउनुपर्ने ग्राहकका लागि अर्को विकल्प उपलब्ध गराउनेछ।
एनएमबी बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार र ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय भुक्तानी तथा रकम स्थानान्तरणसम्बन्धी सेवा विस्तार गर्ने दिशामा यो सहकार्य गरेको हो।
Advertisement 3
यद्यपि, सेवा प्रयोग गर्न सकिने देश, कारोबार सीमा, शुल्क, रकम प्राप्त हुन लाग्ने समय र आवश्यक प्रक्रियाबारे बैंकबाट विस्तृत जानकारी लिनुपर्ने हुन्छ।








