रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौं। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन्। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्क विहीन भएका ह।
Advertisement 1
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र ३ जना करारका कर्मचारी सम्पर्क विहीन छन्।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन्। सो कार्यालयमा ४ जना करार र ज्यालादारी कर्मचारी रहेकामा १ जना सम्पर्कमा आएको बताइएको छ।
प्रकाशित :२०८३ भाद्र १०, बुधबार १४:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








