को- को छन् गोरखापत्रको जिएम र न्यूनतम पारिश्रमिक समितिको अध्यक्षको प्रतिस्पर्धामा ?

सरकारी दुईवटा निकाय गोरखापत्र संस्थान र न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रमुख बन्नका लागि एक दर्जनभन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरुबीच तिव्र प्रतिष्प्रर्धा पर्ने भएको छ । दुईवटा सरकारी निकायको रिक्त पद क्रमश गोरखापत्र संस्थानको महाप्रवन्धक अर्थात जिएम पदका लागि १० भाइ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका लागि ६ जना सञ्चारकर्मी तथा पत्रकारहरुबीच वित्र प्रतिष्प्रर्धा पर्ने देखिएको हो ।

Advertisement 1

गोरखापत्र संस्थानले महाप्रवन्धक पदका लागि गत फागुन २७ गते सूचना प्रकाशन गरेकोमा १० जनाको दरखास्त स्वीकृत गरिएको जनाइएको छ । सूचना अनुसार,गोपको महाप्रवन्धकको प्रतिष्प्रर्धामा अर्जुन बस्नेत, उत्तरसिंह विष्ट, उपेश महर्जन, ताराबहादुर बस्याल, भक्तबहादुर थापा, भवानी कार्की, भुवनराज भट्ट, रामप्रसाद दाहाल, लालबहादुर ऐरी र हरिप्रसाद भट्टराईले दरखास्त दिएका छन् ।

यस्तै राजेन्द्र अर्याललाई हटाइएपछि रिक्त रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष बन्नका लागि ६ जना प्रतिष्प्रर्धामा छन् । ती सबै पत्रकारीता पृष्टभूमिका छन् । न्यूनतम पारिश्रमिक समितिले समेत २७ फागुनमा दरखास्त आह्वान गरेकोमा दरखास्त हाल्नेहरुमा उत्तरसिंह विष्ट, ठाकुरप्रसाद बेल्बासे, विदुर खड्का, रामप्रसाद दाहाल, लालबहादुर ऐरी र संगीता खड्का छन् ।

Advertisement 2

मन्त्रालयले गठन गरेको छनोट उपसमितिका अनुसार, छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । यसको मिति पछि तय हुने बताइएको छ ।

प्रकाशित :२०७८ चैत्र ६, आईतवार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry