मदन पुरस्कार विजेता डिआइजीलाई भ्रष्टाचार मुद्दा, तीन वर्ष कैद 

भ्रष्टाचारमा दोषी ठहर मदन पुरस्कार विजेता पूर्वडिआइजी महेशविक्रम शाह र दीपेन्द्रप्रसाद पनेरूलाई विशेष अदालतले तीन वर्ष कैदकाे सजाय सुनाएको छ।

Advertisement 1

उनीबाट १६ लाख ६९ हजार रुपैंयाँ विगो र त्यति नै जरिवाना समेत भराउन पनि विदेश अदालतले आदेश दिएको छ । विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्र प्रसाद पनेरुलाई पनि शाहलाई बराबर कैद, बिगो र जरिवानाको फैसला गरेको छ । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ ।

उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

प्रकाशित :२०८० पुष २५, बुधबार २०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry