अधिकृत पासवानको असुलीमा व्यवसायी आजित

राजस्व अनुसन्धान कार्यालय पथलैयामा व्यापक अनियमितता हुने गरेको पाइएको छ । पथलैया कार्यालयका एक कर्मचारीको मिलेमतो र सेटिङमा राजस्व छली र चुहावट हुने गरेको देखिन्छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका एकजना कर्मचारीको बदमासीका कारण भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीलाई निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई सहजीकरण गर्ने कार्यमा राजस्व अधिकृत तीर्थराज पासवानको सेटिङमा भइरहेको छ । स्रोतका अनुसार, राजस्व अनुसन्धान कार्यालया पथलैयाका उक्त कर्मचारीले विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी गरी ल्याउने तस्करसंग मिलेर भारतको रक्सौलबाट नै सेटिङ मिलाएर बिरगन्जदेखि काठमाडौँ नारायणघाट, हेटौडा, कलैया, गौर, मलंगवा, जनकपुर, जलेश्वर र मटिहानीलगायत अन्य व्यापारिक शहरहरूदेखि नेपालका प्रसिद्ध ब्यापारिक सहरसम्म व्यक्तिगत पैसा लिएर छाड्ने गरेका छ्न ।
Advertisement 1
उनी २०६६ साउन ४ बाट खरीदार पदबाट सेवामा प्रवेश गरेका हुन् । २०७० असोज ३ गते अधिकृत भएका पासवान माल्दार भन्सार कार्यालय बाहेक अन्य ठाउँमा जानु परेको छैन । २०७१ देखि २०७३ सम्म भन्सार कार्यालय सर्लाही, २०७३ देखि २०७५ सम्म भन्सार कार्यालय वीरगञ्ज, २०७५ देखि २०७७ सम्म सुठाउँली भन्सार कार्यालय, २०७७ देखि २०७९ सम्म भैरहवा भन्सार कार्यालय, २०७९ देखि २०८० जेठ २४ गतेसम्म कृष्णनगर भन्सार कार्यालयबाट तस्करीमा संलग्न भएको कारण छोटो समयमा सति भन्सार सरुवा भएका अधिकृत पासवान १५ दिन मात्र बसी उच्च शक्तीसंग हारगुहार गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया गएका हुन् । जहा बसे पनि अनियमितता गरी पैसा कमाउन माहिर अधिकृत पासवान उच्च अधिकारी लाई खुसि बनाएर व्यापक आर्थिक अनियमितता गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।
अहिलेपनि उनी हरेक ट्रान्सपोर्ट कम्पनी तस्कर र क्यारिङहरुसँग त मासिक पैसा नै उठाउने गरेको एक व्यापारीले बताए । पासवन आर्थिक प्रलोभनमा लिप्त हुँदा त्यस क्षेत्रबाट चोरी तस्करी झन्झन् बढेको छ, जसकारण पथलैया कार्यालयको प्रगति न्यून छ । त्यस्तै अनुगमनको नाममा उद्योगी / व्यवसायीलाई अनेक बहानामा तनाव दिन थालेपछि व्यवसायीहरू आतंकित हुन थालेको गुनासाहरू प्राप्त हुन थालेका छन् । राजस्व अनुसन्धान कार्यालय पथलैयाको कार्यक्षेत्र रहेका पर्सा, बारा, रौतहट र सर्लाही लगायतका व्यवसायी/व्यापारीहरूलाई फोन गरेर पासवनले कार्यालयमा भेट्न आउन भन्नुको साथै आफैँ व्यपारीहरुको व्यापारीक प्रतिष्ठान, गोदाम, कार्यालय चाहारेर आर्थिक लाभ लिने अभियानमा जुटेको एक व्यापारीले बताए। नाम चलेका व्यापारीहरू कहाँ आफैँ पुगेर लाभ लिने गरेको आरोप उनीलाइ लागेको छ भने साना व्यवसायीहरूको बिलबिजकलगायतका कागजात दुरुस्त रहेपनि मालवाहक गाडी रोकेर विभिन्न बहानामा बार्गेनिङ गर्ने, तर्साउने गरेका व्यवसायीहरूको गुनासो रहेको छ।
Advertisement 2
व्यवसायीका अनुसार मालवाहक सवारीका चालकसँग साहुको नम्बर मागी आफैँले फोन गरेर कार्यालयमा भेट्न बोलाउने गरेको बताइन्छ। उनको अहिले पनि हरिबनको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । हामी निरन्तर उनीसँग जोडिएको अन्य विषयहरुको खोजी गरिरहेका छौं ।