सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख १४ हजार ९०० र १ तोलाको चाँदीको मोल रु ५ हजार ७४० कायम भएको छ। बिहीबार प्रतितोला सुन रु ३ लाख १५ हजार ४०० र १ तोला चाँदीको मोल रु ५ हजार ७२५ निर्धारण भएको थियो।
गत बुधबार १ तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र १ तोला चाँदीको मोल रु ५ हजार ५८५ निर्धारण भएको छ। गत सोमबार १ तोला छापावाल सुन रु ३ लाख १३ हजार ५०० र १ तोला चाँदी रु ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।














